बिर्तामोड महोत्सव: ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन

  • माघ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् ।

आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ ।

पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ ।

ताप्लेजुङस्थित फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् ।

उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन् । आफू र आफू जस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समय यता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

अग्यार्निक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन् ।राष्ट्रिय अन्तराष्ट्रिय बजारमा पाइने बस्तु र सेवाहरुको एकै थलोबाट अबलोकन र बिक्री बितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची , मसला र जडीवुटीहरु पनि व्यवसायीहरुले सजाएका छन् ।

मेचीनगरमा रहेको एड्भान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अग्यार्निक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्री बितरणका लागि राखेको छ ।

यो महोत्सवले सिङ्गो नेपाल सहित भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यस पटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

झापाकै जिना बस्नेत १२ वटा फरक ÷फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला , कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटीपनि उनले राखेकी छिन् ।

सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , वंगलादेशी गामेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।

वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अग्यार्निक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जनाएकी छिन् ।

महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् ।

अवलोकन कर्ता र बालवालिकाका लागि खेलकुदका सामग्री साथै प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति प्रत्येक दिन रहने महोत्सव संयोजक विशाल थापाले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved