पशु प्राविधिकविहीन भएपछि किसान मर्कामा

  • माघ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ बराहक्षेत्र नगरपालिकाको १ र २ नम्बर वडा (साविक वराहक्षेत्र गाविस) पशु प्राविधिकविहीन हुँदा किसानहरू मार्कामा परेका छन् ।

गत साउन महिनादेखि यी २ वटा वडामा कार्यरत एक जना पशु प्राविधिकले हाजिर गर्न छाडेपछि सेवाग्राही जनताले दुःख पाएको गुनासो गरेका छन् ।

६ महिनादेखि कार्यालयमा पशु प्राविधिक नहुँदा औषधिसमेत दराजमा थन्किएका र खेर गएका छन् ।पशु प्राविधिक पठाउन वडाले नगरलाई पत्रसमेत पठाएको छ । जनप्रतिनिधिले नगरसभामा पशु प्राविधिक नभएको गुनासो पनि गरेका थिए । तर, कार्यान्वयन हुन सकेको छैन ।

हाल पशु बाख्रामा देखिने सामान्य रोगहरु नाम्ले, झाडा पखालालगायतका रोगको औषधि वडा सदस्यले नगरका प्राविधिकसँग भिडिओ कलमार्फत जानकारी लिएर वितरण गर्ने गरेको बताउँछन् ।

हाल चिसोको मौसममा पशुहरुमा परजीवी सङ्क्रमण, पोषणको कमि, रक्तअल्पत्ता (एनेमिया), झाडापखालालगायतका रोग देखिने गरेको छ ।चिसोका कारण धेरैजसो जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved