विराट एक्स्पो २०२५ मा उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ ।

एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थीत गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गिकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा “विजनेश क्लिनिकमा” बिषयमा सरोकारवाला र सम्बन्धीत अन्य निकायहरुको समेत उपस्थिीतीमा गहन छलफल र अन्तरिक्रया गरेर समस्या समाधानको प्रयत्न गर्ने संगठनको योजना छ ।

संगठनले यो क्लिनिक विगत तिनवर्ष देखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औधोगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धीत उद्योगका १२२ वटा मुद्धा पहिचान गरेर समाधानकालागि आवश्यक पहल गरेको थियो ।त्यही फिजिकल अवस्थालाई संगठनले एक्स्पो मार्फत भर्चुल प्लेटफर्ममा विकास गर्दै छ ।

यो प्लेटफर्म विकास भएपछि उद्योगीहरुले आफनो समस्या उद्योगमै वसेर दर्ता गरेर संगठनको डिजिटल प्लेटफर्ममार्फत समधान खोज्न सक्ने अवस्थाको सृजना हुने छ ।

संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थीत वनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा वेग्लै समित तयार गरेको छ ।

संगठनले सञ्चालन गर्दै आएको यही विजनेश क्लिनिकको उपलब्धी र अवधारणालाई आधार मानेर चेम्बरहरुले गर्ने वहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेशन अफ एशिया प्यासेफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिले उद्योग संगठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरेको थियो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved