मनको चित्र मुखले कोर्ने आशिष

  • पुस १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

हिले/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त छन् । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उनको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ ।

आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउँछन् ।

चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उनी मुखले सिसाकलम च्याप्नछन्, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नछन् । उनले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् ।

उनी आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गरेका छन् । त्यसो त उनले यस्तो चित्र बनाउन थालेको करिब एक वर्ष मात्रै भएको छ । उनले आफ्नी बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राई बताउँछिन् ।

आमा लक्ष्मीले भनिन्, “बहिनीले चित्र बनाएको देखेपछि आफैँले कुकुरको चित्र बनायो । सुरुमा त विश्वास लागेन तर पछि युट्युबमा हेर्दै बनाएको रहेछ । भगवान्ले छोरालाई हातखुट्टा नदिए पनि दिमाग दिएको रहेछ, यसैमा खुसी छौँ ।”

करिब तीन वर्षको उमेरदेखि उनीमा यो समस्या देखा परेको थियो । करिब पाँच वर्षको उमेरसम्म घिस्रिएर हिँडे पनि अहिले भने त्यो पनि गर्न सक्दैनन् । विभिन्न स्थानमा लगेर उपचार गराए पनि निको नभएको परिवारले जनाएको छ ।

दुईतले घरको माथिल्लो तलामा आशिषको बसोबास छ । उनको कोठाभन्दा बाहिर निस्किन सक्ने अवस्था छैन । खाना खान तथा दिसापिसाब गर्न पनि अरूको सहयोग चाहिन्छ । शारीरिक रूपमा अशक्त भएका व्यक्तिमा पनि विशेष क्षमता रहेको हुन्छ ।

उनीहरूलाई अवसर र प्रेरणाको खाँचो रहेको हुन्छ भन्ने कुरा राईले प्रमाणित गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् ।-रासस

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved