धरानका मारवाडी महिलाद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

  • पुस १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । गरिब तथा असहायहरुका बालबालिका अध्ययन गर्ने धरान ५ ढिंगाबारीमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अग्रवाल महिला महिलाहरुको साझा मञ्ज मारवाडी महिला मञ्चले जाडोको कपडा वितरण गरेको छ ।

क्लोथ फाउन्डेशन धरानको सहकार्यमा मञ्चले विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।स्वीटर वितरणपछि बोल्दै अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले क्लोथ फाउन्डेशनमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा सहज भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेका अभिभावकहरुका नानीहरु पढ्ने यो विद्यालयलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रयाले सहयोग गरेको बताउनुभयो । आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो विद्यालयमा विगतदेखि नै कुनै न कुनै सहयोगी दाताहरुबाट सहयोग प्राप्त हुदै आएको छ । कसैको जन्मदिन, शुभकार्य तथा संस्थाको बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आइएको छ ।

विद्यालयमा अति नै विपन्न परिवारका नानीहरु अध्ययन गर्ने भएकोले समय समयमा गरिएका यस्ता सहयोगले विद्यार्थीहरुलाई धेरै सहयोग पुगेको विद्यालयकी प्रद्यानाध्यापक रिता पोख्रेलले बताउनुभयो । उहाँले समयमा खान नपाउने, लगाउन नपाउने विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गर्ने भएकोले मञ्चले ५६ जना विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले यस विद्यालयमा समय समयमा विभिन्न संघ संस्थाले सहयोग पु¥याउदै आएको बताउदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

 

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved