हिबिस्कस क्विज सिजन–३ को उपाधि आयोजकको पोल्टामा

  • पुस १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ ।

शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो ।
उपाधिसंगै हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा महेन्द्र मा।वि चक्रघट्टील दोस्रो स्थान हात पार्न सफल वनेको छ । महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण– पत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । मेघा हिमालयनले नगद ८ हजार मेडल र प्रमाण–पत्र हात पारेको छ ।

त्यसैगरी तियोगितामा आरम्भ विद्या मन्दिर रामधुनीले चौथो स्थान हात पारेको छ । उसले नगद ६ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

प्रतियोगितामा धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले पाचौ स्थानमा जीत निकाल्न सफल वनेको छ । विष्णुले नगद ४ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले छैटौ पुरस्कार हात पार्न सफल वनेको छ । उसले नगद २ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले विजयीहरुलाई नगद ट्रफि मेडल प्रदान गरेकी थिइन ।
कायैक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साह, लगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र बितरण गरेका थिए ।
स्कुलका सल्लाहकार पवन झाले विद्यार्थीहरुको पढने वानीको विकास गर्नका साथै वौीद्धक क्षमतामा वृद्धि गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएको वताए ।
कार्यक्रमका प्रमुख अतिथि माननीय कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका पढाईलाई समेत प्रोत्साहन मिल्ने वताइन ।

उनले धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न यस्ता खाले प्रतियोगिताले थप टेवा मिल्ने वताइन ।
प्रतियोगितामा ४२ स्कुलले सहभागीता जनाएका थिए ।

विद्यार्थीैहरुको वौद्धिक विकास गर्नको लागि स्कुलले यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिदै जाने स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको भनाई रहेको छ ।

कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरेका थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved