१९ औ अम्वर ललित डिपो कप: कार्मेल, प्रभात र पुलिस स्कुल विजयी बिकास चाम्लिङ राई

  • पुस १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको दोस्रो दिनको खेलमा कामे्रल हाइ स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ ।

 शनिवार भएको पहिलो खेलमा कार्मेल हाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए ।

सोहि दिन भएको दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे ।

खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन वराइलिले गोल गरे । यसै गरि अन्तिम खेलमा पुलिस स्कुलले आइडल इङ्गिलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका छन ।

खेलमा पुलिस स्कुलका नेयुस खड्काले एक्लैले ५ गोल र सविन वुढाथोकि, अन्सु वास्फोर र सयन राईले एक एक गोल गरेका थिए ।

दोस्रो दिनको खेलमा जयसोया स्कुलका प्रनिस राई, धरान लिगामेन्टका रामकृष्ण मेहेता र आइडल स्कुलका रिकेश खत्रि म्यान अफ द म्याच घोषित भए ।

उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि प्रदान गरे ।

भोलिको खेल समिट स्कुल र इमानुयल, दिल्ली पव्लिक र नोवेल एकेडेमि, माउन्ट हर्मन र डिपोट निलो र सुनखरि र हिविकस स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा भइरहेको छ ।

 

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved