इटहरीमा जेसीजको राष्ट्रिय महाधिवेशन,प्रधानमन्त्री ओली आउने

  • पुस ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ ।

पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइयो ।

५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् ।

महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।
पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए ।
‘पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन भएपछि बाँकी कार्यक्रम अगाडि बढ्छन्,’ उनले भने, ‘कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।’

महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए । महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको उनको भनाइ छ । खासगरी कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई यो महाधिवेशनले प्रबद्र्धनसमेत गर्ने उनको विश्वास छ ।

‘स्थानीय पर्यटन र व्यापार प्रबद्र्धनका निम्ति हामीले ५० वटा स्टलसमेत राख्ने तयारी गरेका छौँ,’ सुवेदीले भने, ‘साथै आमन्त्रितहरूलाई कोशी प्रदेशका विभिन्न स्थानमा पर्यटन प्रबद्र्धनका निम्ति अवलोकनको व्यवस्थासमेत गरिएको छ ।’ महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ ।

जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ । बाँकी रहेको रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ ।
महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved