धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२५’ को तयारी सुरु भएको छ ।
विगत ४ बर्षदेखि निरन्तर हरेक बर्ष हुँदैं आएको उक्त प्रतियोगिताको बारेमा विहीबार धरानमा आयोजक फत्लाङलुङ मिडिया हाउस प्रालीले जानकारी दिएको हो ।
एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन नृत्य र वाककला प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पाँचौ संस्करणको तयारी शुरु भएको जनाएको छ ।
आयोजकका कार्यक्रम संयोजक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउँदै अडिसन एसईई सकिए पछि शुरु हुने भएको हो।
भिडियो :
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष डम्बर कुमार तुम्बापोका अनुसार विगतको वर्ष झै यो वर्ष पनि एसईई आईडल प्रतियोगिताको तयारी बेलैमा सुरु गरेको बताउँदै कोशी प्रदेशको १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागि गराउने र सामुदायिक विद्यालय र निजी विद्यालय दुवै विद्यालयका विद्यार्थी सहभागि हुन पाउने बताएका छन् ।
इच्छुक विद्यार्थीहरुले प्रतियोगितामा सहभागि हुन नि शुुल्क फारम भर्न पाउने छन भने ‘विद्यार्थीका लागि गीत संगीत र नृत्य र वाककला विधासँगै क्षमता विकासका लागि जीवन उपयोगि तालिमहरुको पनि व्यवस्थासँगै व्यतित्व विकासको विविध प्याकेजमा तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।
५० हजार सहित ३ लाख बराबरको पुर्ण छात्रवृति
विजेताले नगद ५० हजार सहित कक्षा ११ र १२ मा अध्ययन गर्न ३ लाख बराबरको पुर्ण छात्रवृति सहित विविध गिफ्ट ह्याम्पर र मुस्ताङ भ्रमण निशुल्क गराउने छ ।
फस्ट रनरअपले नगद ३० हजार सहित कक्षा ११ र १२ अध्ययन गर्नको लागि ८० प्रतिशत छाञवृति र आकर्षक गिफ्ट ह्याम्पर रहेका छन् ।
सेकेण्ड रनर अपले ट्रफि र नगद २० हजार र कक्षा ११ र १२ अध्ययन गर्नको लागि ७० प्रतिशत छात्रवृति र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने टप टेन फाइनलिष्टहरुलाई कक्षा ११ र १२ को अध्ययनको लागि ५० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागि हुने इच्छुक विद्यार्थीका लागि अनलाईन फारम समेत भर्न सक्ने छन् ।
अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखनिे जनाईएको छ भने डिजिटल अडिसन मार्फत पनि सहभागिले भाग लिने पाउने व्यावस्था गरिएको छ ।
अध्यक्ष तुम्बापोका अनुसार कोशी प्रदेशभरीका विभिन्न जिल्लामा रहेका विद्यार्थीको सहजताको निम्ति यो प्रणालीको व्यवस्था गरिएको हो ।
