धरान प्रवेशद्धारमा सिसि क्यामरा(फोटो फिचर ) बन क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने

  • मंसिर १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो ।

WhatsApp Image 2024-11-28 at 18.09.54
करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ ।

WhatsApp Image 2024-11-28 at 18.09.54

सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पु¥याउने उदेश्यले दुइवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो ।

WhatsApp Image 2024-11-28 at 18.09.53 (2)

सिसि क्यामेरा जडान भएपछि ट्राफिक व्यवस्थापनसंगै सडक दुर्घटना न्युनिकरण र अनुसन्धानको काममा सहजता आउने जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताउनुभयो ।

WhatsApp Image 2024-11-28 at 18.09.53 (1)

सिसि क्यामेरा जडानका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघा, धारन ८ का अध्यक्ष धनबहादुर राई, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकास जबेगुको उपस्थिति थियो

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved