भाषा ,सस्कार,सस्कृति संरक्षण,प्रवद्र्धन र प्रचार गर्ने हाम्रो उदेश्य होः तुम्बापो वार्षिकोत्सवको तयारी यस्तो छ (फोटो फिचर सहित )

  • मंसिर ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  इलामको चुलाचुलीमा मंसिर १० गते नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव यसपाली पनि गर्दैछ ।

फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।

उनले भने,‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएका छौ।

उनका अनुसार उक्त कार्यक्रमका प्रमुख अतिथि सुहाङ नेम्वाङको प्रमुख आतिथ्यतामा कार्यक्रम मध्यान्ह समुद्घाटन गरिने छ । त्यसै गरि कार्यक्रममा जन्मजयन्तिसँगै मानव जातिकै माङ्गेना चोत्लुङ (शिर उठाउनी, ग्रहशान्ति) पनि आयोजना हुने छ भने नेपालको ख्याती प्राप्त गायिका रचना रिमालको साँगितिक प्रस्तुती रहने बताइएको छ । वार्षिकोत्सवकै अवसरमा सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।

२०६९ सालदेखि नियमित कार्यक्रम गर्दै आएको बताउँदै उनले यस वर्ष पनि एसईई र भाषामा चुलाचुली प्रथम र सिर्जनशील पत्रकारिता पुरस्कार, कला, साहित्य संगीतको विधामा नगदसहित पुरस्कृत र दाताहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

सङ्घले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ ।

भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भएको थियो ।

२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो ।

संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन गरि हाल सन्चालनमा रहेको छ ।

२०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

भाषा सँस्कृति लिपि संरक्षणमा लाफयङ बहुभाषिक पाठशाला

२०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भयो । नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले भनेझै ‘भाषा हराए लिपि हराउँछ, लिपि हराए जाति हराउँछ, जाति हराए इतिहास हराउँछ र इतिहास हराए आफु हराइन्छ ।’

वास्तवमा भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यल संघको स्थापना भएको हो ।

२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरि त्यहीँ देउसी रकमबाट नै संस्था दर्ता गर्ने निर्णय भएको हो ।‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता समेत भई

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्दै नेपालका राष्ट्रिय विभूतिको सम्मानमा हामीले बहुभाषिक पाठशाला स्थापना गर्ने उद्देश्यले स्कुल स्थापना भएको हो ।

२०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम  वार्षिक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालको प्रमुख आतिथ्यमा मनाउन थालिएको वार्षिक उत्सव कार्यक्रम यो वर्ष पनि निरन्तरता स्वरुप मंशीर १० गते हुने भएको छ ।

फल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ र बहुभाषिक पाठशालाले शैक्षिक, सामाजिक र सांस्कृतिक पक्षको जगेर्ना गर्ने अभियानलाई निरन्तर जारी राखेका छन् ।

तस्बिरहरु:

byannar  piccc 6 la guru d

 

 

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved