तालिमको सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह

  • कार्तिक २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गरे ।

नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका कोइरालाले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘विराटनगर महानगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने गरेका छन्,’ कोइरालाले भन्नुभयो, ‘मलाई लाग्छ हरेक व्यक्तिले तालिम लिइसकेको हुनुपर्ने हो । तर तालिम लिइसकेपछिको उपलब्धि भने एकदमै कम हुनु गरेको छ ।’

सीप सिक्दा जीवनमा कुनै न कुनै दिन काम लाग्ने उहाँको भनाइ थियो । उहाँले महानगरपालिकाले पनि जीवन उपयोगी विभिन्न तालिम दिने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव अजयकुमार राई, उपमहासचिव देवदत्त बडु, रुक्मिणी थापा, मोरङ अध्यक्ष सुशील कोइराला, सचिव मदन बराल, जिलाफ नेपालका प्रतिनिधि लक्ष्मण शाहीलगायतले जीवन उपयोग तालिमको महत्व र उपादेयताका विषयमा प्रकाश पार्नुभएको थियो ।

तालिममा मोरङका विभिन्न स्थानका ५० जना सहभागी भएको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved