केराबारीमा उराव जातिको आफ्नै भाषामा देउसी

  • कार्तिक २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

गोविन्द वस्नेत 

धरान । आदिवासी जनजातिमा सूचिकृत उराव समुदायले आफ्नो जातिको उत्थान, प्रवद्र्धन र सांस्कृतिक जागरण जनमानसमा पु¥याउन हरेक सार्वजनिक कार्यक्रममा आफ्नो भाषा सँस्कृतिलाई प्रचलनमा ल्याउन थालेका छन् ।

बहुभाषिक, वहुजातीयको बसोबास रहेको नेपालमा उराउहरुले समेत आफ्नो पहिचान स्थापित गर्न जातिको उत्था, प्रवद्र्धन र साँस्कृतिक जाँगरणलाई अगाडि बढाएका हुन् ।उराव आदिवासी जनजातिभित्रको पनि लोपोन्मुख जातिभित्र पर्छ ।

आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरले आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा सुनसरी र मोरङ्गमा रहेका झाँगड (उराव), अति लोपोन्मुख भनि सूचीकृत गरिएको पाइन्छ । उनीहरुले अन्य जातिसँगै विभिन्न प्रकारका साँस्कृतिक पर्वहरु मनाउने गर्छन् ।

घर घरमा मनाउदै आएका यस्ता पर्वहरु अन्य जातजातिसँगै सामुहिक रुपमा मनाउने प्रचलन थालेका हुन् ।उनीहरुले यस बर्ष देउसी भैलो समेत आफ्नै भाषामा खेले । आफ्नै भाषामा देउसी खेल्दै बीचबीचमा आफ्नै भाषामा गीत प्रस्तुत गरे ।

मोरङको केराबारीमा देउसी खेल्दै गर्दा भेटिएका उराव जातिले देउसीसँगै उनीहरुले प्रस्तुत गरेको गीत पृथक रहेको थियो । सो अवसरमा मोरङका उराउ जातिका ज्येष्ठ सदस्य चन्द्र उरावले उराव जातिको संस्कृतिमा आधारित गीत प्रस्तुत गरेका थिए ।

उनीरुले साँस्कृतिक पर्वमा प्रयोग गर्ने बाजा प्रयोग गर्दै आफ्नै भेषभुषामा ा विभिन्न चाडपर्वमा गीत गाउँदै नाचिने साँस्कृतिक नृत्य प्रयोग गरेका थिए । यस अभियानमा युवा पुस्ता समेत अगाडि आएका छन् ।

मोरङका सुमन उरावले भाषा संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो जातिको पहिचानको संरक्षणका लागि सार्वजनिक कार्यक्रमलाई अगाडि बढाउन थालिएको बताए ।केही समय अगाडि राराउ जातिले आफ्नो भाषा, सँस्कृति र पुराना ऐतिहासिक दस्ताबेज संरक्षणका लागि नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराव जनजाति सङ्ग्रहालय निर्माण गरेको छ ।

इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामाग्री राख्ने गरी संग्रहालय निर्माण गरिएको हो ।

पछिल्लो समय राज्यबाट उपेक्षित उराउ जातिले आफ्नो जातिको वृतिविकास, सँस्कृति जगेर्ना तथा शिक्षा, स्वास्थ्य र आफ्नो जातिको संरक्षणसँगै पहिचान झल्किने खालका कामहरुलाई अगाडि बढाउन थालेका छन् ।

विशेष गरी उराव जाति झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने गर्छन् । उनीहरु अहिले आफ्नो सँस्कृति बचाउदै समुदायलाई स्थापित गर्ने काममा अग्र पंक्तिमा आउन थालेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved