मानब तस्कर आरोप लागेका लिलाबल्लब पार्टीबाट निलम्वन "एमाले सरकारले छानबिन गर्न सरकारला्रई सघाउने"

  • कार्तिक २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 नेकपा (एमाले)को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन क्षेत्र (ख) बाट निर्बाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीका विषयमा उठेका गम्भीर सवालबारे नेकपा एमाले कोशी प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गदैं मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिएको जानकारी दिनुभएको छ ।

अधिकारीको भ्रमणसँग जोडिएर मानव तस्करी गर्ने व्प्यक्तिहरुलाई शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्बजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पार्टीले गराएको छ ।

आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा९एमाले० को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको अध्यक्ष खतिवडाले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

वहाँको भ्रमणसंग जोडिएर वहाँको भ्रमण दलका सदस्यहरु प्रक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम निर्वतमान मन्त्री माथी मानव तस्करीको गंभीर आरोप लगाएर बिभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा एमाले माथी समेत गम्भीर आरोप लगाउदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरुलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको ध्यानाकर्षण भएको छ ,खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमाले अबिचलित रुपमा कानुनी शासनको पक्षमा उभिदै आएको जिम्मेवार पार्टी भएको नाताले वहाँले गर्नुभएको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गंभिर आरोपका सम्बन्धमा शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी दोषीलाई कारवाही गर्न विज्ञप्तिमा भनिएको छ ।

माले सरकारले छानबिन गर्न सरकारला्रई सघाउने

काठमाडौं । नेकपा एमालेले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई सघाउने जनाएको छ ।

आज बसेको सचिवालय बैठकले प्रदेश कमिटीले पार्टीबाट निलम्बन गर्न पठाएको सिफारिस अनुमोदन गर्दै छानबिनलाई सहयोग गर्ने निणय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

 उनले भने, ‘उहाँमाथि गम्भीर प्रश्न उठेको कानूनी निरुपण नभएसम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उहाँमाथि लागेको आरोपमा तथ्यपरक वस्तुनिष्ठ, गम्भीर छानबिन राज्यका निकायले गरुन्, त्यहाँ पार्टीको तर्फबाट सहयोग हुन्छ ।’

 

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved