आज भाइटीका,शुभ साइत ११ बजेर ३७ मिनेटमा "भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मनाईदै "

  • कार्तिक १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।

भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ ।

टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ ।

दिदीबहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने चलन छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved