पानी सुल्केका लागि पत्रकार अर्धनग्न "चतरामा अनौठो खेल पानी सुल्के तयारी तीब्र "

  • कार्तिक १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । बराहक्षेत्रको सप्तकोशी नदी स्थित चतरा नहरमा आगामी कार्तिक १६ गते हुने पानी सुल्के प्रतियोगिताको प्रवर्धनका गर्न बुधबार खाली खुट्टा पत्रकारहरुले अर्धनग्न फुटबल खेलेका छन् ।
जसलाई बगर फुटबल खेल भनिन्छ ।यसरी बगरमा अर्धनग्न खेल खेल्दा स्वास्थ्यको दृष्टिबाट पनि राम्रो र लाभ हुने भएकाले पानी सुल्के प्रतियोगिताको प्रवद्र्धन गर्न नेपाल पत्रकार महासंघ सुनसरी र चतरा हाइकिंङ समुह बीच मैत्री पुर्ण फुटबल खेलेको पानी सुल्के प्रतियोगिताका कार्यक्रम संयोजक नवराज विष्टले बताए ।

उनले भने,‘नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको पानी सुल्के प्रतियोगिता हामीले आयोजना यसपाली दोश्रो पटक हो,यस खालको प्रतियोगिता अमेरिका अष्टे«लिया,थाइल्याण्ड लगायतको सामुद्रिक किनारामा खेलिन्छ तर नेपालमा भने हामीले गत सालदेखि चाडपर्वलाई मनोरन्जनात्मक बनाउनको लागि पनि यस प्रकारको गेम आयोजना गरेका हौ।

’नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अरु बेला भन्दा नदीको किनारा त्यो पनि बलुवा माथि फुटबल खेल्दा एकदमै नयाँ अनुभव भएको बताए । उनले भने,‘पानी सुल्के प्रतियोगितालाई प्रवद्र्धन गर्न हामी पत्रकारको टोली खेलेका हौ, प्रतियोगिताको प्रवर्धनसँगै कोसी नदी किनारको सम्भावनाको समेत प्रचार हुने छ ।’

फोटो पत्रकार महासङ्घका सुनसरी अध्यक्ष विकास चाम्लिङ राईले यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्न आग्रह गरे । उनले धरान– इटहरीलगायतका सहर र बेलका बराहक्षेत्रले साझा पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने बताए । मैत्रीपूर्ण खेलमा महासङ्घका तर्फबाट अध्यक्ष जनक ऋषि राई र धिरेन लिम्बूले गोल गरेका थिए ।

महासंघको टीम उक्त बगर फुटबल प्रतियोगिातमा विजयी भएको छ । बराहक्षेत्रको चतराघाट र बेलका नगरपालिकाको कोठुमा रहेको कोसी किनारमा खेल आयोजना गरिएको चतरा हाइकिङका संस्थापक तथा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईले जानकारी दिए ।
पानी सुल्के प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । “नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ।

यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ,“चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले भने, “पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ र सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ ।

“ क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक राजन घिमिरे जानकारी दिए । उनका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्ष्मण कटुवाल तेस्रो भएका थिए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेको पाइन्छ ।गत वर्ष एक सय जना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा यस वर्ष सहभागी बढ्ने संयोजक नवराज विष्टले जानकारी दिए ।

स्टोन स्किपिङ च्याम्पियनसिप कार्तिक १६ गते शुक्रबार बिहान १० बजेदेखि आयोजना हुँदैछ ।
’पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता प्रतियोगितामा सहभागी हुन इच्छुकले सोही दिन बिहान ९ बजेसम्ममा नाम दर्ता गर्न सक्नेछन् भने आयोजकसँग सम्पर्क गरी अग्रिम नाम दर्तासमेत गर्न सक्नेछन् ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved