यो बर्षको तिहारमा फूलको अभाब हुने,मुल्य बढ्ने संकेत(भिडियो सहित) "अविरल बर्षाले फूल खेतीमा क्षति,बजारमा कृतिम माला "

  • कार्तिक १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt _रणध्वज लोहार

धरान/ यो बर्षको तिहारमा सयपत्री फूलको अभाब हुने भएको छ ।

 सयपत्री फूल समयमा नै नफुलेकाले फूल बजार सम्म आएको छैन ।गत बर्षहरुमा आज काग तिहारको दिनदेखि नै सयपत्री फुलले बजार फुलमय हुने गरेको थियो ।

तर यो बर्ष भने बजारमा फूल नदेखिएपछि स्वयम् व्यापारीहरु नै अन्यौलमा परेका छन् । गत साल  सयपत्री फूल बजारमा फ्याला फ्याल अर्थात सस्तो भएको थियो ।

फूलको अभाब हुने भएपछि यस बर्ष भने सयपत्री फूलको बजार भाउ महंगो हुने संकेत देखिएको कृर्षि उपज बजार धरान १३ का बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनले भने,‘यो बर्ष लोकल सयपत्री फूल अहिले सम्म बजारमा आउन सकेको छैन,भारतीय फूल पनि आएको छैन,व्यापारीहरु आफैं पनि अन्यौल देखिएका छन्, किसानले लगाएको फूलले मुल्य पाउने संकेत देखिएको छ,हैरौ भोली सम्म के हुन्छ ?’गत साल लगभग चार लाख भन्दा बढीको फूलका मालाहरु धरानमा खरिद बिक्री भएका थिए ।

तर यसपाली  यस्तै रहने हो भने तिहारमा फूलको अभाब हुने र किसानले लगाएको फूलको मुल्य पनि बढ्ने देखिएको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनले यो बर्षको तिहारमा फूलको अभाब हुने नै बताएको छ ।

अविरल बर्षाले किसानले लगाएको फूल खेतीमा क्षति भएकाले सयपत्री फूलको अभाव खड्किने र मूल्य बढ्ने संकेत भएको बताएको हो । 

अविरल वर्षाका कारण करिब १५ करोडको फूल नोक्सान भएको तथ्यांकले देखाएको छ ।

बजारमा कृतिम मालाहरु मात्रै देखिएका छन् । 

भिडियो :

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved