गणित पढाउने शिक्षकलाई तालिम

  • कार्तिक १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा परीक्षाफल प्रकाशित हुँदा लज्जास्पद भई हरेक बर्ष आलोचना हुँदै आएको छ ।

सरकारले अरबौं अरब रकम सरकारी विद्यालयको गुणस्तर सुधार गर्नको निम्ति लगानी गर्ने तर परीक्षाको नतिजा भने ओरालो तर्फ लाग्ने भएकाले पनि सामुदायिक विद्यालय र शिक्षकले आलोचना खेप्नु परेको हो ।अंग्रेजी,नेपाली र गणित विषयमा विद्यार्थी सामुदायिक विद्यालयमा कमजोर बनेको परिणामले देखाउँदै आएको छ ।

गणित विषयमा त झनै विद्यार्थी अत्यत्नै कमजोर बन्ने गरेका छन् । आलोचना खेप्दै आएका कोशी प्रदेशका शिक्षकहरुले उक्त कुराको महसुस गरी सोमबारदेखि धरानमा शिक्षकहरु कसरी विद्यार्थीलाई पढाउने भनेर आफै आएर पढ्दैछन्,अर्थात तालिम लिँदैछन् ।

कोशी प्रदेशभरीका गणित विषय पढाउने शिक्षकहरु उक्त तालिममा सहभागि भएर सिक्दैछन्,जसले आगामी दिनमा विद्यार्थीले राम्रो नतिजा ल्याएर परीक्षामा उतीर्ण हुन सकुन । उक्त तालिम प्रशिक्षक प्रशिक्षक तालिम अर्थात टट लेबलको हो । तालिमको आयोजना नेपाल गणित समाज कोशी प्रदेशले आयोजना गरेको हो ।

स्थानीय तह र शैक्षिक संस्थाहरुको सहयोगमा तालिम तीन दिन सम्म सन्चालन हुने समाजका सचिव बद्री तामाङले बताए ।

उनका अनुसार शिक्षकहरुलाई उदेश्यले तालिमको आयोजना गरेको हो । तालिमले विद्यार्थीको रुची अनुसार कसरी पढाउने,प्रविधीको प्रयोग र शैक्षिक सामाग्रीको प्रयोग बारे तालिमले सीप प्रदान गर्ने अपेक्षा लिएको तामाङको भनाई छ ।

सोमबार धरानको रत्ना इन होटलमा कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र विक्रम वेघाले उद्घाटन गरेका थिए भने तालिम बुधबार समापन हुने भएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved