त्रिविले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

  • कार्तिक ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ ।

वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने भएको हो ।

अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी त्रिविले तयारी गरेको हो ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गत बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प प्रश्नोत्तर तयार पार्ने निर्णय गरेको थियो ।

उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो ।उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ । त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ ।

मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।

त्रिविले अङ्ग्रेजी भाषामा मात्रै प्रश्न पत्र निर्माण गर्दै आएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहमा दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय तत्काल कार्यान्वयन गर्न सम्भव नदेखिएपछि त्रिविले आगामी वर्षदेखि लागू गर्न लागेको हो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved