हराउँदै रोटेपिङ,लिङ्गे पिङ,प्रविधीमा रमाउँदै

  • कार्तिक ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालीहरुको महान चाड दशै सकिएको छ भने तिहार नजिकै आउँदैछ ।

दशैका समयमा विगतमा मनोरञ्जनको साधनमा रोटेपिङ, लिङ्गे पिङ हुने गर्दथ्यो । तर प्रविधिको विकाससँगै चाडपर्व मनाउनै तौरतरिकामा फरकता आएको छ ।

पिङ तथा लिंगे पिङ खेल्ने भन्दा पनि प्रविधिको विकाससँगै टिकटक बनाएर मनोरञ्जन गर्ने प्रचलन बढेर गएको हो ।

,विगतमा प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे ।

समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।

अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।

विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा शुक्रबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर मिल्यो ।

नेपाली चलचित्र कर्णबीरको ‘चन्द्रमाझैँ राम्री छेउ, ज्यानभन्दा पनि प्यारी छौ’ भन्ने गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनीहरुको ध्यान अन्यत्र थिएन । विजयपुरको सौन्दर्यतासँगै साथीभाइसँगको भेटघाटको अवसरमा टिकटक बनाएर सार्वजनिक गर्ने उनीहरुकोे मनसाय हो ।

मनोरञ्जन, कला प्रदर्शन गर्ने र समय विताउने भरपर्दो माध्यम टिकटक भएको मन्दिरा बताउछिन् । उनले टिकटकलाई नकरात्मक ढंगले हेरिने गरेको बताउदै यसलाई सकारात्मक ढंगले हेरे टिकटकले सन्देश प्रवाह गर्ने बताइन् ।

उनीमात्र हैन सोही टिममा आएकी सुजाता पाण्डको भनाई पनि थापाको भन्दा फरक थिएन । रमणीय स्थल देख्नेबित्तिकै टिकटक बनाउने बानी नै परिसकेको उनले समेत विजयपुरको सुन्दरतालाई कैद नगर्ने कुरै भएन । उनको बुझाई भने टिकटक कला प्रदर्शन गर्ने थलो भएका बताउछिन्।

टिकटक अरुको कला हेर्ने र आफ्नो पनि कला प्रदर्शन गर्ने माध्यम भएको उनी सुनाउछिन् । उनी तनावको समयमा तनाव हटाउने माध्यम पनि टिकटक बनेको बताउँछिन् ।
कसैलाई भने टिकटक थकाइ मार्ने माध्यम समेत बनेको बताउँछन् ।

मन्दिरा र सुजाताको भन्दा केही फरक भनाई प्रमिला बुढाथोकको छ । काम गरिसकेर फुर्सदको समयमा टिकटक बनाउँदा र अरुले बनाएको टिकटक हेर्दा थकाइ महसुस नहुने बुढाथोकीको भनाई छ ।

पछिल्लो समय धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा धरान लगायत धरानबाहिरबाट आएकाहरुले टिकटक बनाउने गरेका छन् । मबुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरमा दर्शन गर्न आउँदा यहाँको पर्यटकीय स्थलमा टिकटकमा कैद गर्ने गरेका छन् ।

पछिल्लो समय टिकटक मनोरञ्जन, समय विताउने र कला प्रदर्शन गर्ने माध्यम बन्दै गएको छ ।

टिकटकप्रति कतिपयको नकरात्मक भावना समेत पलाउने गरेको छ तर टिकटक बनाउनेहरुले भने यसलाई नकारात्मक दृष्टिले नभई सकारात्मक दृष्टिले हेर्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved