धरानमा बाँदरले नै आक्रमण गर्न थाल्यो "गोविन्द बस्नेत"

  • कार्तिक ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा बादर आतंंक चरम उत्कर्षमा पुगेको छ । बादरले सर्वसाधारणलाई दुःख दिने मात्र हैन आक्रमण समेत गरेर घाइते बनाएपछि धरानबासी अहिले बादरबाट त्रसित छन् ।

बाँदरको समस्याको धरानका केही वडाका स्थानीयहरु बसाइसर्ने मनसायमा समेत पुगिसकेका छन् ।

धरान १ की गंगा राईलाई केही समय अगाडि बाँदरले आक्रमण गरेर घाइते बनायो । भान्सामा खाना पकाउदै गरेको अवस्थामा घरको झ्यालबाट छिरेर उनीँमाथि आक्रमणसँगै ढाडमा टोक्यो । विगतमा भान्सामा आउने, पकाएको भात खाइदिने, सुकाएको लुगा फालिदिने समस्या त धेरै थियो तर आक्रमण नै चाहिँ गरेको थिएन ।

तर भान्सामा भात पकाउदै गरेको अवस्थामा आक्रमण गरेपछि अहिले पनि उनी भान्सामा पस्नै उनी डराउँछिन् । बाँदरले टोकेकै कारण उनले उपचार त गराउनु प¥यो नै अहिले पनि त्रासमै बस्नु पर्ने अवस्था छ ।

उनलाई मात्र हैन त्यसको दुई दिन पछि छिमेकी महिलालाई समेत बादरले आक्रमण गरेको राई बताउछिन् ।घरमा आएर आक्रमण गर्ने मात्र हैन बाँदरले विहान मर्निङवाक गर्नैहरुलाई समेत आक्रमण गर्ने गर्छ । धरान १ का श्याम पोखे्रलले बाँदरले विहान मर्निङवाक हिड्ने धेरैलाई आक्रमण गरेको बताए ।

उनले हुलका हुल बाँदर आएर बाटोमा हिड्ने सर्वसाधारणलाई झम्टिने र घाइते बनाउने भएकोले अहिले विहान मर्निङ वाक हिड्नेहरु त्रासमा हिड्नुपर्ने अवस्था आएको बताए ।
हुन त बाँदरको समस्या समाधानका निम्ति ०७२ सालमै बादर पीडित संघर्ष समिति समेत गठन भएको थियो ।

बाँदर व्यवस्थापनका लागि सो संघर्ष समितिले स्थानीय तह, कोशी प्रदेश सरकार तथा सघीय सरकारलाई पटक पटक ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

त्यस्तै वन विभागलाई समेत ध्यानाकर्षण गराइसकेको छ तर ध्यानाकर्षण बुझाउन जाँदा एकले अर्कालाई देखाएर पन्छिने गरे कारण समस्या झन विकराल बन्दै गएकौ बाँदर पीडित संघर्ष समितिका संयोजक सकुल श्रेष्ठ बताउछन् ।

संघर्ष समितिले ध्यानकर्षण गराएकै कारण कोशी प्रदेशको संसद भवनमा तत्कालीन सांसद सावित्री श्रेष्ठले कुरा उठाउनुभयो ।

समस्याको विषयमा कुरा राख्दा त्यसबेला अन्य सांसदले मजाकको रुपमा लिए तर गम्भीरतापूर्वक नलिएका कारण धरानमा अहिले बाँदर आक्रमणको समस्या विकराल बन्दै गएको छ ।

केही समय अगाडि बाँदर आतंकको गुनासो आएपनि धरान उपमहानगरपालिकाले बादर विज्ञलाई बोलाएर कोशी टप्पुमा स्थानान्तरण गरे पनि केही समय बाँदरको आक्रमण कम भएपनि अहिले झन विकराल बन्दै गएको हो ।

मुख्य गरी धरानको वडा नं. १, २, ३, १४ वडाका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसतर्फ सम्बन्धित पक्षले समाधान गर्नुको सट्टा सम्बन्धित पक्षसँग समस्याका विषयमा कुरा राख्दा मजाकको रुपमा लिने गरेको पाइएको छ । अहिले धरानमा करिब २ देखि ३ सय बादर हुलका हुल बजार पस्ने र सर्वसाधारणलाई दुःख दिने गरेका छन् ।

बाँदरको समस्यालाई समाधान गर्ने कुरामा सम्बन्धित पक्ष गम्भीर नभए भविष्यमा बादर धरानको टाउको दुखाइको विषय बन्ने पक्कै छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved