विरामी र विपद्मा परेका मजदुरहरुलाई सहयोग

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विरामी र विपद्मा परेका मजदुर तथा परिवारलाई सहयोग गरेकोछ ।

चालक रामप्रसाद गोपाल ढकाल, चालक कृष्णप्रसाद चौलागाँई, स्वगीय चालक प्रकास हुमागाँईका परिवार र फिल्डका कर्मचारी शान्ति क्षेत्री र अनितादेवी श्रेष्ठलाई जनही ५ हजारका दरले सहयोग गरिएको हो ।

बा २ ज ५८४७ नम्बरका ट्याक्सी चालक ढकाल मृगौलाको उपचार गराइरहेकाछन्, सडक दुर्घटनामा घाइते चालागाँई समेत उपचारकै क्रममा रहेकाछन् भने असोज ११ गतेको बाढमीमा परेर टिपर चालक प्रकास हुमागाँईको परिवारलाई, ललितपुरमा फिल्डमा काम गर्ने क्षेत्री र धुलिखेलकी श्रेष्ठलाई दशैँको उपलक्ष्यमा आर्थिक सहयोग गरिएको हो ।

वहाँहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो ।


संगठनले प्रत्येक वर्षको दशैंका समय संगठनका सदस्यहरुका लागि शुभकामना आदान प्रदान र रमाइलोका लागि उपहार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । र उक्त कार्यक्रममा उपहार वितरण बाट बचेको रकमबाट मजदुर तथा परिवारलाई सहयोग गरिएको संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापाले बताउनुभयो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved