बाढी र पहिरोको असर : कोशीको एकमात्र दन्तकालीमा छैन भीँड

  • असोज २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :दन्तकाली मन्दिरमा पुजा आराधना गर्दै भक्तजन -धरान सुनसरी

धरान/ आज बडा दशैको नौरथा अन्तर्गत चौथो दिन। कोशी प्रदेशकै एक मात्र दन्तकाली पीठमा भक्तजनहरु देवीको पूजा आजाका लागि विहानैदेखि मन्दिरमा पुग्ने गरेका छन् ।

तर यस बर्ष भने विगतका दशैमा हुने भीँडभाँड दन्तकाली मन्दिरमा देखिएन । नौरथाको समयमा भीँडभाँड हुने दन्तकाली मन्दिरमा भीड नहुनुको प्रमुख कारण आर्थिक मन्दी र भर्खरै देशमा आएको बाढी पहिरोले पुर्‍याएको क्षति नै प्रमुख कारण भएको बताइएको छ ।

मुलुकका अन्य शक्तिपीठजस्तै धरानको दन्तकाली पीठको ऐतिहासिक महत्व रहेको छ । अन्य बेलामा यो शक्तिपीठमा पूजाआजा गर्न फाट्टफुट्ट आउने गरे पनि दशैको नौरथा लागेपछि यो मन्दिरमा देवीका अनेक स्वरुपको पूजाआजा गर्ने भक्तजनहरुको भीड नै लाग्ने गरेको छ ।

तर देशमा केही दिन अगाडि परेको अविरल बर्षाका कारण बाढी पहिरोले पुर्‍याएको क्षतिका कारण धरान भन्दा बाहिर भारतसम्मका सर्वसाधारण सडक सञ्जालका कारण आउन नसकेका कारण विगतको भन्दा भक्तजनमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको दन्तकाली शक्तिपीठमा दशैको नौरथाभरि दुर्गा माताका अनेकन रुपको पूजाआजा गर्न आउने गरेका छन् । अन्य बैला पनि समयसमयमा पूजाआजाका लागि आउने गरे पनि नौरथाको विशेषता नै फरक भएकोले दर्शन गर्न आएको मन्दिरमा दर्शन गर्न पुगेकाहरुले बताएका छन् ।

वास्तवमै यो मन्दिरप्रति सर्वसाधारणको आस्था बढेको पाइएको छ । धरान १५की अञ्जु सापकोटाले दशैको नौरथाको समयमा दन्तकाली मन्दिरको दर्शन गर्दा परिवारको सुखशान्तिसँगै चिताएको पुग्ने भएकोले नौरथाको समयमा बर्षेनी आउने गरेको बताइन् ।

कोशी प्रदेशकै एक मात्र ऐतिहासिक पृष्ठभूमि बोकेको दन्तकाली मन्दिरमा नौरथामा नेपालबाट मात्र हैन भारतबाट समेत दर्शन गर्न आउने गरेका छन् । तर यस बर्ष भने बाढी पहिरोले समस्या ल्याएकोले मन्दिरमा आएर पूजाआजा गर्नेको संख्यामा कमी आएको मन्दिरका पूजारीहरु बताउँछन् ।

दन्तकालीका पूजारी विश्वराज खनालले फूलपाति भित्रिनेवित्तिकै दन्तकालीमा कालरात्रीको पूजाआजा हुने गरेको बताए । कालरात्रीको पूजा अन्य ठाउँमा भए पनि रातभरि पूजा गर्ने प्रचलन दन्तकालीमा मात्र रहेको दाबी गरे ।

दन्तकाली मन्दिर धरान उपनगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा रहेको छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ ।

यो मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved