दशैंमा आर्या न्यूराको २४ सै घण्टासेवा "आर्यामा निःशुल्क न्यूरो ओपीडि"

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर ३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ ।

चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।
दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए ।

‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ ।

त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ निर्देशक ठाकुरले भने ।

न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरु प्रदान गर्दै आएका छन् ।

आर्यामा निःशुल्क न्यूरो ओपीडि

अस्पतालले चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि छुट ल्याएको छ ।

अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ ।

ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरीले जानकारी दिइन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved