निराजन वस्तीमा चाडपर्ब शुभकामना

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विजयदशामी २०८१ को अवसरमा निराजन युवा क्लब धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ।

बुधबार धरान–१५ निराजन टोल स्थीत क्लबको भवनमा शुभकामना आदान प्रदान भएको हो।

क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा) को सभापतित्व, धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा धरान–१५ स्थीत टोल बिकास संस्था, आमा समुह, सुरक्षा निकाय, वडाका जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुसँग शुभकामना आदान–प्रदान गरेको छ। यसैगरी सोही अवसरमा वडा अध्यक्ष नरेशकुमार ईवारमले क्लबको साईन बोर्ड लोकार्पण गरेका छन्।

निराजन क्लब धरान–१५ ले नेपाल सरकारको नीति नियम अनुरुप दर्ता गरि विभिन्न रचनात्मक कार्य गरेको र आगामी दिनमा पनि त्यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने वडा अध्यक्ष ईवारमले बताउदै सबैले त्यसका लागि सहयोग गर्न आग्रह गरे।

चार्ड पर्व भित्रिएसँगै समाजमा सुरक्षाको चुनौती थपिने भएकोले त्यसका लागि युवा क्लबहरुले शान्ति सुरक्षाका विभिन्न गतिविधिहरु गर्नुपर्ने टोल बिकास संस्थाको अध्यक्षहरुले बताए।

कार्यक्रममा लाजेशा रामलक्ष्मण मार्ग टोल बिकास संस्था धरान–१५ का अध्यक्ष रमेश गजमेर, कृष्ण चेम्जोङ टोल बिकास संस्था

धरान–१५ का अध्यक्ष गणेश प्रधान, निराजन मार्ग मार्ग टोल बिकास संस्था धरान–१५ अध्यक्ष कैलाश राई, निराजन कल्याण समाज धरान–१५ का महासचिव लोकराज निरौला, कराँते प्रशिक्षक मुकेश शाक्य (दिपेश),

अमृत मार्ग टोल बिकास संस्था धरान–१५ का सचिव अमृत मगरलगायतले मनतव्य राखेका थिए। भने धरान उपमहानगरपालिका कार्यपालिका सदस्य तथा धरान–१५ को वडा सदस्य सृजना नेपाल, धरान–१५ का वडा सदस्य रचना नेपाली, भानुमार्ग बेलबोटे टोल बिकास संस्था

धरान–१५का अध्यक्ष पदम बिक्रम खेवाङ, एभरेस्ट मार्ग टोल बिकास संस्था धरान–१५का अध्यक्ष शुक्रबहादुर बि.क, निराजन खत्री खानेपानी संरक्षण समिति धरान–१५ का अध्यक्ष गजेन्द्र दर्नाल, अस्थाई प्रहरी चौकी धरान–१५ नयाँ बस पार्कका प्रमुख सुरेशकुमार यादब,

नृत्य निर्देशक संघ सुनसरीका अध्यक्ष मणिकुमार लिम्बू, गरिमा डान्स सेन्टर धरानको कला निर्देशक अन्जु राई, गरिमाका सदस्य मन्जु राई, निराजन महिला समूह धरान–१५ का अध्यक्ष निर्मला खत्रीलगायत संघ संस्था तथा धरान–१५ का टोल बिकास संस्थाको अध्यक्ष तथा पदाधिकारीहरको उपस्थिति रहेको थियो।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved