तीनै तहका सरकारलाई एमाले कोशीको ध्यानाकर्षण

  • असोज १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ ।

असोज ११ र १२ गतेको बर्षाका कारण देशको मुख्य राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घरपरिवारहरूको पुनस्र्थापना तत्काल गर्न तीनै तहका सरकारको एमाले कोशीले ध्यानाकर्षण गराएको छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनस्याम खतिवडाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र आमनागरिकलाई हार्दिक अपिल गरेका छन् ।

नेकपा एमाले पार्टीमा आवद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न र आपतकालीन सेवाहरूमा सहभागी हुन समेत अध्यक्ष खतिवडाले विशेष निर्देशन द्रिए ।

विज्ञप्तिमा भनिएको छ,‘ विपत्तिमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं, साथै विपत्तिमा ज्यान गुमाउने मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved