केराबारी–खोर्साने–कानेपोखरी–बेलबारी हुँदै भलुवा खेत पुग्यौं ।
लिम्बुवानमा किपट प्रथा लागू भएपछि सीमा सर्ने क्रममा भलुवा कुनै बेला लाख(किपट) र माल(रैकर) को सिमाना पनि थियोे ।
भारतको सीमाना हुँदै, त्यसपछि हुलाकी मार्ग र अन्तिम पटक भलुवा पुगेको हो । पानी ढलोमाथि चौबिस, पान्थर र ढलोमुनि मिक्लुक, मोरङ छुट्टिएको थियो ।
लिम्बुवानको दक्षिणी सीमानाका सन्दर्भमा बेलाबेला बहस÷विवाद हुँदा यी सारिएका सिमानाहरूको प्रसङ्ग उठ्छ ।
मित्र Leela Chemjong जीको घर यहीँ सिमानाछेउ पर्छ । उनका बुवा चन्द्रकुमार उर्फ तेनुप्पे कान्छाले समेत यसबारे प्रकाश पारे ।
Samrit Maden Yakthumba ले आफ्नो वंशजहरू खोज्ने क्रममा धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ ओहोरदोहोर गरिरहेका छन् ।
यो टुरमा उनले हराएका केही आफन्तहरू पनि फेला पारे । चार पुस्ताअघि छुट्टिएका बन्धुहरू पहिलोपटक भेटे ।
कानेपोखरीदेखि तीन किलोमिटरमुनि जाँदा देखियो लिम्बुवानका तराईका प्राचीन आदिवासी धिमाल समुदायको कानीवेराङ ।
जो आदिवासी महिलासँग सम्बन्धित छ । जोसँग तान्त्रिक शक्ति रहेको हुन्छ । तर, यस मिथको तोडमोड गरेर हिन्दूकृत गरिएको रहेछ ।
रामका बुवा राजा दशरथका चौपायाहरू आएर पानी पिएर प्यास मेटाउने पोखरी बनाइएको रहेछ । यसरी, आदिवासीय मिथहरू कसरी अन्यत्र मोडिन्छन् ।
यो एउटा सूक्ष्म उदाहरण हो ।
मोरङ, मिक्लुक थुम/धिमाल स्वायत्त क्षेत्र, लिम्बुवान
साभार:अमित थेबेको फेसबुकबाट