बराहक्षेत्रमा यसरी मनाइयो थारु समुदायले जितिया पर्व (तस्वीर सहित हेर्नुहोस्)

  • असोज १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रमा पौराणिक कालदेखि थारु समुदायले सांस्कृतिक उत्सवका रुपमा मान्दै आएको जितिया पर्व धुमधामले मनाएका छन् । 

 थारु कल्याणकारीणी सभा बराहक्षेत्र नगरपालिकाको संयोजनमा   पाँचम जितिया महोत्सव-२०८१ु आयोजना गरेको हो ।
 
बुधबार जितिया पर्वका अवसरमा पर्वको सांस्कृतिक महत्वका बारे प्रकाश पारिएको सभापति अधिकलाल चौधरीले जानकारी दिए । उनका अनुसार पर्वका अवसरमा थारु युवाहरूले परम्परागत धुम्रा नाचसहित दर्जन बढी सास्कृतिक नृत्य प्रस्तुत गरुएको छ ।
 
थारु समुदायको सांस्कृतिक झाँकीसहित बराहक्षेत्र-४ स्थित थारु समुदायको सघन बसोबास भएको क्षेत्र तल्लो जमटोकीमा बृहत् कार्यक्रमको आयोजना गरिने हो ।
पर्वका अवसरमा थारु कलाकारले समुदायका मौलिक गीत, नृत्य प्रस्तुत गरेको बराहक्षेत्र-४ का वडाध्यक्ष आशाराम चौधरीले जानकारी दिए । 
 
आपन भाषा, कला, संस्कृतिके संरक्षण करबै, आपन पहिचान जोगाइबैु भन्ने मूल नाराका साथ पाँचम जितिया महोत्सव-२०८१ु जितिया पाबैन उत्सव बराहक्षेत्रका थारु समुदायसहित गैर थारुहरुको सद्भावमा उत्सव मनाइएको वडाध्यक्ष चौधरीले बताए । 
 
थारु कल्याणकारीणी सभा बराहक्षेत्रका ३,४ र ५ नम्बर कमिटीले जितिया महोत्सवको संयुक्त आयोजना गरेका हुन् । बराहक्षेत्रमा थारु समुदायको जनसङ्ख्या १० हजार रहेको तथ्यांक छ ।
 
यसै गरि बराहक्षेत्रकै वडा नम्बर ८,९ र १० मा पनि धुमधामसँग जितिया पर्व मनाएको पत्रकार प्रदीप वास्मैतले बताए ।
 
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व थारु समुदायको बसोबास रहेका स्थान र देशविदेशमा हर्षोल्लासका साथ मनाइएको छ ।

तस्वीर हेर्नुहोस्

jjj jj jit

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved