महेन्द्रका विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण

  • असोज ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

 दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न. स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ र १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल निश्चलराज शाक्यले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो ।

ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको शाक्यले जानकारी दिए ।

निजी तथा सरकारी स्कुलमा गएर ट्राफिक नियम सम्बन्धि तालिम दिन थालेको हो ।

ट्राफिक नियम सम्बन्धि जानकारी दिन र सबैले ट्राफिक सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यले आफुहरुले उक्त तालिम दिदै आएको ट्राफिक प्रहरी कार्यालय दुहबीका प्रमुख बरिस्ठसई चन्द्र कुमार श्रेष्ठले बताए।

उहाँका अनुसार ूयातयातका साधन दिनहुँ थपिदैछन्,ट्राफिक नियम सम्बन्धि सबैलाई जानकारी नभएकाले हामीले सबै ठाउमा तालिम दिन थालेका छौँ ।

”दुहबीका सरस्वती मावी दुहबी ,पंचायत अधारभुत बिधालय दुहबी महेन्द्र मेमोरियल एकडेमी लागयतका बिद्यालयमा तालिम दिदै आएको छ ।

ट्राफिकहरुले बिद्यालयमा रहेका बिद्यार्थीहरु मार्फत जनचेतना तालिम दिनलागेको बताउछन ।

दुहबी ट्राफिक पोस्ट प्रमुख बरिस्ठ सई चन्द्र कुमार (फाजुङ)श्रेष्ठ तथा प्रहरी सहायक बिनोद कुमार साहले माथिका विषयहरूमा विशेष प्रस्तुतीकरण तथा श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरेका थिए ।

विद्यार्थीलाई दिइएको यस्तो सचेतनाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सहयोग पुग्ने बरिस्ठ सई श्रेष्ठले बताए ।

‘करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्, उनले भने, ‘यसलाई हामी आफैंले न्यूनीकरण गर्न सक्छौं ।’

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved