दशैमा सप्तकोशी गोल्ड कपःअसोज १६ देखि बराहक्षेत्रको देविघाटमा हुने

  • असोज ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा १० औँ संस्करणको सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता –२०८१ आयोजना हुने भएको छ ।

वडा दसै , शुभ दिपावली तथा छठ पर्वको अवसरमा सप्तकोशी युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बारे आयोजक सप्तकोशी युवा क्लवले सोमवार पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो ।

आयोजक क्लबका अध्यक्ष ज्ञानबहादुर लिम्बुको सभाध्यक्षता तथा वराहक्षेत्र नगरपालिका वडा नं ७ का अध्यक्ष , नगर खेलकुद विकाश समितिका संयोजक कपिल आचार्य प्रमुख अतिथि रहेका थिए ।

स्थानिय बसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ।

प्रतियोगितामा विभागिय टिम सहित झापा , मोरङ , सुनसरी , उदयपुर र सिराहा जिल्लाका ८ क्लबहरू सहभागी हुने कार्यक्रम संयोजक मोहन दुलालले बताए ।

उनका अनुसार प्रतियोगितामा न्यु स्टार फुटबल क्लब भरौल , पथरी ११ फुटबल क्लब मोरङ्ग , गोधुली फुटबल क्लब धरान , गाईघाट फुटबल क्लब उदयपुर , आयोजक सप्तकोशी फुटबल क्लब ,

एपिएफ पकली सुनसरी, चुलाचुली फुटनल क्लब झापा र हिमकस्तुरी फुटबल क्लब लाहान सिराहा सहभागी हुनेछन् । 

२४ लाख अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहने छ ।

दैनिक खेलमा म्यान अफ द म्याच र प्रतियोगिता भर विधागत उत्कृष्ट खेलाडीहरूले नगद सहित ट्रफि प्रप्त गर्ने आयोजक क्लबका अध्यक्ष अध्यक्ष ज्ञान बहादुर लिम्बुले जानकारी दिए ।

वडा दसै , शुभ दिपावली तथा छठ पर्वको अवसरसंगै खेलाडि उत्पादन गर्ने लक्ष्य सहित आयोजना हुने प्रतियोगिताको नारा वराहक्षेत्र नगरको चाहना , दुव्यशन मुक्त समाजको स्थापना दिईनेछ ।

प्रतियोगिताको वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकाश समिति संरक्षक रहेको प्रतियोगिताको संयोजक वराहक्षेत्र नगरपालिका वडा नं ७ रहेको आयोजक क्लब सप्तकोशी युवा क्लवका सह– सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved