ड्रागन खेतीमा आकर्षण,कृषकलाई प्राविधिक ज्ञानको अभाब,राज्यको सहयोग शुन्य

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् ।

उनीहरुले मल, विउ तथा अनुदानको व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् ।

प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् ।

उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए । उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।उनले गत बर्षसम्म प्रतिक्ेजी ५ सय रुपैयासम्म विक्री गरेको ड्रागन फल यस बर्ष ३ सय ५०मा विक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।

ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ ।

सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ ।अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक कृषक देवी लिम्बु बताउछन् ।

विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएको उनको भनाई छ ।

धरान ५ ठिंगाबारीमा उनीसँगै उनका दाज सूर्य लिम्बुले संयुक्त रुपमा खेति गर्दै आउनु आएका छन् ।

नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले पशुपालनसँगै ड्रागन खेती समेत सुरु गरेका हुन् ।

लिम्बुका अनुसार अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने गर्दछ ।

तर प्राविधिक ज्ञान नहुदा इन्टरनेटमा हेरेरै उब्जनी गर्दा सोचेजस्तो उत्पादन लिम्बु बताउँछन् । उनले उत्पादनका क्रममा फलमा लाग्ने र अन्य प्राविधिक समस्या हुदाय समस्याका विषयमा जानकारी नहुने बताए ।

यो फल चैत्र अन्तिमदेखि कोपिला लाग्न शुरु हुन्छ । वैसाखदेखि फूल फुल्ने प्रक्रिया सुरु हुन्छ । कार्तिकसम्म फूलफुल्ने समय भएपनि फूल फुलिसकेपछि ४५ दिनपछि यसको फल लाग्ने अर्का किसान देवी लिम्बु बताउँछन् । फुल्ने, फल्ने प्रक्रिया ६ महिनासम्म निरन्तर हुने भएकोले यसबाट धेरै फाइदा लिन सकिने उनको भनाई छ ।

आफ्नै बलबुतोले सञ्चालनमा ल्याएको यो खेतिलाई राज्यका तर्फबाट अनुदानसँगै प्राविधिक ज्ञान समेत दिएको खण्डमा कृषकहरु अन्य खेति छोडेर ड्रागन खेतिमै आकर्षित हुने दाबी गर्छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved