सर्दुजलाधार बाढीको उच्च जोखिममा स्थानीय सरकारको चासो छैन

  • असोज १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सर्दुजलाधार क्षेत्र,जुन क्षेत्र धरानका सर्वसाधारणको सतहको पानीको मुख्य स्रोत मानिन्छ ।

हिउँदको समयमा सुख्खा हुने यहीँ सर्दुजलाधार क्षेत्र बर्षातको समयमा उर्लिएर आएको बाढीले बर्षेनी सर्वसाधारणको भौतिक संरचना भत्काउने गर्छ ।

जलाधार क्षेत्रभित्र उपमहानगरपालिकाले घर टहरा बनाउन दिँदैन तर त्यही क्षेत्रमा उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । जुन पछिल्लो समय आएको लगातार बर्षाद्ले खोलाले धार परिवर्तन गर्दै लाँदा जोखिम पनि उत्तिकै बढ्दै गएको छ ।

विगतमा बीपी पार्क, ओसो पार्क भनेर चिनिएको धरान १३ र २० को संगम स्थल सर्दुजलाधार क्षेत्रमा धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले विभिन्न संरचना निर्माण गरेर श्रम संस्कृति पार्कको रुपमा विकास गर्नु विगतमा सानो खोल्सोको रुपमा रहेको यो क्षेत्र बर्षैनी बर्षाद्का समयमा आएको बाढीले खोलाको आकार बढाउँदै लगेको छ ।

खोलाबाट हुने जोखिम न्यूनिकरणमा उपमहानगरपालिकाले खासै ध्यान दिएको छैन तर कटान हुदै गएको क्षेत्रमा श्रमसंस्कृति पार्क निर्माण गरेको छ । अहिले यहाँ दिदीवहिनी पार्क सहितको पानीको फोहोरा, आरा धरान, बाल उडान लगायतका विभिन्न संरचनाहरु निर्माण भएका छन् । तर बर्षैनी आएको बाढीले खोलाले धार परिवर्तन गरेर आकार बढ्दै गएको छ ।

भविष्यमा यो संरचना रहने हो कि हैन भन्ने अनिश्चित बन्दै गएको छ ।

इटहरीबाट धरानको श्रमसंस्कृति पार्क हेर्न केही दिन अगाडि आएका निश्चल गुरुङले यस भन्दा अगाडि अर्थात हिउँदको समयमा आउँदा भन्दा श्रम संस्कृति पार्कमा आउँदा फरक पाइएको बताए ।

उनले हिउँदमा खोलामा पानी नहुदाको अवस्था र अहिले बाढी आएको अवस्थामा खोला कटान हुदै जाँदा झन झन जोखिम भएको पाएको बताए ।
यसबर्षको बाढीले बाल उड्यानमा राखिएका केही संरचनामा क्षति पु¥याएको छ ।

मेयर राई लगायत श्रमदानमा जुटेका सर्वसाधारणले खोलाको कटानलाई रोक्न जाली लगाउने, ढुंगाले खोला छेक्ने काम गरेका थिए तर त्यो दीर्घकालीन नहुने स्थानीयहरु नै बताउँछन् ।

स्थानीयहरुले जलाधार क्षेत्रमा पार्क बनाउँदा बस्ती समेत जोखिम हुने भएकोले यो क्षेत्रमा निर्माण भएका श्रम संस्कृति पार्कको भौतिक संरचना भविष्यमा रहने कि हैन भन्ने अन्यौलता बढ्दै गएको बताएका छन् ।

धरान १३ फुस्रेका सुधिर श्रेष्ठले आफूले चाल पाउँदा सानो खोल्सा मात्र ‘रहेको सर्दु बर्षैनी आएको बाढीले खोलालाई फराकिलो बनाउदै लगेको बताए ।
दीर्घकालीन सोच राखेर जलाधार क्षेत्रमा भौतिक संरचना निर्माण गरेकाले यहाँ रहेका भौतिक संरचना जोगाउन बर्षेनी आएको बाढीले समस्या उत्पन्न गराउने भएकोले श्रमसँस्कृति पार्कलाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने हो भने यसमा ठोस कदम चाल्नुपर्ने सुझाव स्थानीयहरुले दिएका छन् ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved