डिपो बास्केटवल कपको उपाधि सियोन स्कुललाई "बिकास चाम्लिङ राई"

  • भदौ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई    

धरान/ डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ ।

कोशि प्रदेश सामाजिक विकाश मन्त्री माननीय पाचकर्ण राईको प्रमूख आतिथ्यमा सोमवार भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङ्गिलिस वोड्रिङ्ग स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन ।

प्रतिश्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए ।

फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन राईले समेत व्यक्तिगत १० अंक जोडेका थिए ।

सियोन स्कुलले उपाधि संगै नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपविजेता प्रभात स्कुलले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको मोस्ट भ्यालुएवलल प्लेयरको उपाधि र हाइ स्कोरर उपाधि सियोन स्कुलका संयोक राई घोषित भए ।

संयोकले नगद एक हजार, ट्रफि, प्रमाणपत्र र नेपाल पत्रकार महासंघ अध्यक्ष द्धारा सम्पादित पुस्तक गोरु चिन्तन एक थान प्राप्त गरे ।

उत्कृष्ट खेलाडि संयोकलाई नगद पुरस्कार र पुस्तक पत्ररका जनकऋषि राई द्धारा व्यक्तिगत रुपमा प्रदान गरेका थिए ।

यस अघि पनि उनले उत्कष्ट खेलाडिलाई आप्mनो तर्फ वाट पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको राइजिङ्ग प्लेयर प्याराडाइस वोड्रिङ्ग स्कुलका प्रिन्स खत्री घोषित भए ।

Dipo

 

उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।  

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वु, विशेष अतिथि कोशि प्रदेश सांसद माननिय विजयकुमार राई,

विशेष अतिथि डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि,

व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, डिपो क्याम्पस प्रमुख राजकुमार राई, विग्रेड एण्ड युनिट वेलफेयर अफिसर विजिएन मेजर राजिव श्रेष्ठ,

प्रतियोगिता संयोजक खड्कसमशेर लिम्वु, डिपो स्कुल आइटि अफिसर सुधिर लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान र धरान आसपासका १७ वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको थियो ।

Dipocap

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved