दुहबी/ सुनसरीको दुहबीमा विश्वकर्मा पूजा आउन केही दिन बाँकी रहँदा यहाँ मूर्तिकारलाई विश्वकर्माको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ।
विशेष गरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ।
त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो। विश्वकर्मा पूजा आउन छ २ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ।मूर्तिकार रतन पालले मूर्तिको माग बढेपछि यहाँका मूर्तिकारको कारोबार बढेको बताए।
‘माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ। हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ’, उनले भने।
सो दिन विश्वकर्माको विशेष पूजाआराधना गर्दै उत्सव मनाउने गरिएकाले दुहबी सहित ग्रामीण तथा सहरी क्षेत्रमा निकै चहलपहल बढेको मूर्तिकार रतन पालले बताए।
तेसे गरि अर्को मुर्तिकार दिपक पाल अनुसार बिगत तिन चार बर्ष उता नेपाली चाडपर्व शुरु भएपछि परम्परागत देवी, देवताको माटोको रंगित मुर्ति बनाउने पेशा कोरोना महामारी तथा लकडाउन, निषेधाज्ञाका कारण संकटमा परेको थियो ।
भगवन देवी देवताको मूर्ति बनाउन सिजन शुरु भएपनि जनजीवन, उद्योग, व्यापारमा सबै ठप्प भएकोले उनिहरुको पेशा पनि संकटमा परेको थियोे २÷३ बर्ष स्टाफहरु लाई बसाएर तलब खाना खुवाएको दुखोसो पोखे ।
उद्योग, यातायात सहित औजारका काम हुने व्यवसायीक क्षेत्रले वर्सेनी विश्वकर्मा पूजा असोज १ गतेका दिन भव्य रुपमा मनाउँदै आउने गरेको छ । यसपटक विश्वकर्मा भगवानको मूर्तिहरु ठूलो संख्यामा बनाउने र विक्री हुने बिश्वास मुर्तिकार छोरा दिपक पालले बताए ।
यसपाली भने कोरोना महामारीका नभएको अधिकांश उद्योगहरु खुलेको चलेका उद्योगहरु पनि पूर्णरुपमा सञ्चालन भएकाले विश्वकर्मा बाबाको मूर्तिको माग यसपटक बढेको छ । सुनसरीको दुहबी वडा ६ मा उनि माटोका भगवान देवी, देवताहरुको मुर्ति बनाउदै आएका छन् ।सुनसरी–मोरङ औद्योगीक करिडोरमा मनाइने विश्वकर्मा पूजाका लागि वर्सेनी उनैको मूर्ति उद्योगहरुमा जाने गर्दछ ।
उनिका अनुसार बिगतका वर्षहरुमा ३०० को संख्यामा सम्म मुर्ति विक्री हुने गरेको थियो ।
दुई वर्ष कोरोना महामारी हुदा यसपटक बिकछ या बिगदैन डराइडराई यसपाली भने बल्ल तल्ल २००पिस बनाएको तर आजको दिन सम्म १०० अडर भए सकियो छ भने अझै २ दिन बाकी रहदा बिकने अनुमान गरेको पाल बताए ।
यसपटक मुर्ति को ४ हजार देखी १०हजार सम्मको छ। दुर्गापुजा ,सरस्वती पुजा, जितमहान पुजा ,अनन्त पुजा, गणेश पुजा ,बिश्वकर्मा पुजा, अन्न पुजा मुर्ति समेत बनाउने गरेको छ।