डिपो बास्केटवल उपाधिका लागि सियोन र प्रभात स्कुल फाइनलमा भिड्ने "समापन कार्यक्रममा सामाजिक विकास मन्त्री पाचकर्ण आउने"

  • भदौ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्विरः बिकास चाम्लिङ राई

धरान/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा सियोन स्कुल र प्रभात इङ्गिलस वोड्रिङ्ग स्कुल फाइनलमा भिड्ने भएका छन ।

आइतवार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस वोड्रिङ्ग स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए ।

पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए ।

यसैगरि दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुल र दिल्लि पव्लिक स्कुले प्रत्येक क्वाटरमा ३–७, १०–०, ७–६ र ६– अंक जोडेका थिए ।

प्रतियोगिताका उपाधि विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर ९एमभिपि०ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ ।

ba

समापन कार्यक्रममा कोशि प्रदेशका सामाजिक विकाश मन्त्री पाचकर्ण राईले उपस्थित जनाउने भएका छन । उनि कार्यक्रमको प्रमूख अतिथिको रुपमा उपस्थित हुन लागेका हुन ।

फाइनल खेल संगै उनलाई विद्यालय व्यवस्थापन समितिले विद्यालय परिसर अवलोकन गराउने कार्यक्रम रहेको छ ।

फाइनल पुगेका प्रभात स्कुल र सियोन स्कुलले उपाधिका लागि सोमवार आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा प्रतिश्पर्धा गर्नेछ ।

- बिकास चाम्लिङ राई बाट

bass

 

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved