भोजपुर सुनसरी सेवा समाजको धरानमा आफ्नै अस्थायी भवन

  • भदौ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  भोजपुर सुनसरी सेवा समाजले धरानमा कार्य सञ्चालनका लागि आफ्नै अस्थायी भवन निर्माण गरेको छ ।

धरान–१५ स्थित गणतान्त्रिक बस्ती (ख) निर्माण भएको भवन शुक्रवार एक समारोह बिच वडाध्यक्ष नरेश ईवरामले गरेका छन् ।

भोजपुर थातथलो भएर सुनसरीमा बसोबास गर्दे आएका भोजपुरेहरुको साझा संस्था भोजपुर सुनसरी सेवा समाजले संस्थालाई स्थायीतव प्रदान गर्न धरानमा भवन निर्माण गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष इङवारमले समाजको भवन निर्माणको लागि धरान उपमहानगरपालिकाले निर्णय गरी २ कट्ठा जग्गा उपलब्ध गराएको बताए ।

भवनको स्तरोन्नति र कार्यालय व्यवस्थापनका लागि १५ नं वडाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

समाजका अध्यक्ष रेवतीरमण राईले अब समाजको सबै क्रियाकलाप भवनमा व्यवस्था गरिएको कार्यालयबाट सञ्चालन हुने जानकारी दिए ।

अस्थायी रूपमा बनेको भवनलाई स्थायित्व प्रदान गर्न चाडै पक्की भवन निर्माण गरिने उनले बताए ।

अध्यक्ष राईले भने ‘भवन बनाउन अप्ठ्यारो स्थिति थियो तापनि भवन बनेको छ, समाजको लागि खुसीको कुरा हो ।’ अस्थायी भवन करिब २ लाखमा बनेको उनले बताए ।

कार्यक्रम सञ्चालन भुवन सिंह बस्नेतले गरेका थिए । भवन उद्घाटनमा जसपा नेपालका धरान अध्यक्ष ताजुब लिम्बु लगायत सङ्घ संस्थाका प्रतिनिधि सहित सुनसरीमा बसोबास गर्ने भोजपुरेहरुको उपस्थिति थियो ।

उद्घाटनको अवसरमा भवन परिसरमा वृक्षारोपण पनि गरिएको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved