धरानको महेन्द्र क्याम्पसमा कोशीमै पहिलो पटक ‘बीए एलएलबी’ पढाई हुने  

  • भदौ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेशमा पहिलो पटक महेन्द्र बहुमुखी क्याम्पस धरानमा मानविकी र कानुन अन्तरगतको ‘बिए एलएलबी’ पढाई हुने भएको छ ।
 
क्याम्पसले पत्रकार सम्मेलन गरी उक्त विषय पढाई हुने बारे जानकारी गराएको हो ।  क्याम्पस प्रमुख चन्द्रकुमार राईले प्रवेश खुला गरिएका बताएका छन् ।उनले भने,“प्रवेश खुल्ला गरिएको छ, एलएलबी पढ्नका लागि प्रवेश परीक्षा आवेदन अनलाइन मार्फत भर्न सकिन्छ।”
 
महेन्द्र क्याम्पस धरानमा २०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिएको थियो ।
 
बल्ल आएर  स्वीकृति भएपछि पठनपाठन शुरु हुने भएको हो । क्याम्पस प्रमुख राईका अनुसार अन्य क्याम्पसको तुलनामा शुल्कमा सहुलियत रुपमा अध्यापन गराइने वताए । विद्यार्थीले आवेदन फाराम असोज ६ गते सम्म भर्न सकिने क्याम्पसले जनाएको छ ।
 
त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा कार्तिक १० गते हुने क्याम्पसले जनाएको छ । त्रिविले नै प्रवेश परीक्षा लिने भएको छ ।
 
यस्तो छ नियम ? 
 
कोशी प्रदेशमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा बिए एलएलबी अध्यापन गराउने पहिलो महेन्द्र क्याम्पसमा ७० जनाको कोटा निर्धारण भएको छ ।
 
आवेदन फाराम भर्न कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि प्राप्ताङ्कको प्राथमिकता क्रम अनुसार भर्ना लिइने छ । अध्यापन सेमेस्टर प्रणालीमा हुनेछ ।
 
विद्यार्थीले न्यूनतम ८० प्रतिशत हाजिरी हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले त्रिभुवन विश्व विद्यालयको नियम अनुसार २० प्रतिशत आरक्षणको व्यवस्था हुनेछ ।
 
सरकारी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका १० प्रतिशत विद्यार्थीले योग्यता क्रमका आधारमा छात्रवृत्ति पाउने भएका छन् ।नेपालभरका विद्यार्थीले आवेदन दिन सक्ने पनि जनाइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved