पुर्वी खाना संस्कृति युरोपको विकसित खाना भन्दा कम छैन

  • भदौ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

    गगनमान श्रेष्ठ
  यु एन कलेज कोअर्डिनेटर
    (नेपाली खाना खोज र अनुसन्धानकर्ता )
केहि बर्ष देखि म पुर्वी पहाडको खाना ( राई,लिम्वू,याख्खा,सुनुवारको खाना ) को बारेमा खोजि गर्दै छु।

खानाको परिभाषामा,प्रत्येक जाती,समुदायको खाना त्यहाँको भौगोलिक, सामाजिक र आर्थिक अवस्था ले फरक फरक हुन सक्छ्।

अर्थात सामाजिक,आर्थिक रुपमा सम्पन्न र बिकसित जातीको खाद्य सामाग्री , पकाउने तरिका र भाँडाकुडा, चुलो पनि अलि बिकसित हुन्छ र कम बिकसित समुदायको खान साधारण,एउटै मात्र या थोरै सामाग्री प्रयोग गरेर बनाइएको खाना हुन्छ

अर्थात खानाको बनावट हेरेर त्यो समाजको आर्थिक सामाजिक अवस्था अन्दाज गर्न सकिन्छ्। नेपालको पुर्वी पहाडको खाना हेर्दा बिकशित र समृद्ध जाति या देशको जस्तो देखिन्छ ।

लिम्बु समुदाय को खाना सार्गेम्बा युरोपको smoked blood sausage भन्दा कम छैन यस किसिमको ससेज प्रायः सन्सार भरिका बिकसित खाना संस्कृति भएका समुदायले मात्र खान्छ्न ।

त्यस्तै हरियो मकैको खोसेलामा पोको पारेर बफ्याएर खाइने दुधे मकैको केक (लुङ्धाक्न्चा )थाइहरुको खाओ तोम भन्दा काम छैन , केवल हामीले Explore  नगरेको मात्र हो।

सेकुवा प्रायः खुल्ला आगोमा पोलिन्छ ।

नेपाल इन्डियामा र बिकसित खाना संस्कृति भएको देशमा धेरै अघि देखि बन्द भट्टि प्रचलनमा थियो।

संसारमा प्रायः बन्द ओभन युरोपियनहरुले ज्ञठ सताब्दी तिर र इन्डियन हरु बन्द ओभन तन्दूर पनि १७औं सतब्दि तिर मुगलहरुले ल्याए भनिन्छ्। बन्द भट्टिमा ताप चारै तिर सर्कुलेट हुने हुदा मासु राम्रो सङ र चाँडै पाक्छ्।

नेपालमा बन्द भट्टिको प्रचलन छैन नै भन्निछ । तब सम्म जब पुर्र्वी पहाड को यो सेकुवा भट्टि देखिदैन ।

पुर्वी पहाडका पुर्खाहरुलाई पहिले देखिनै यो यो ज्ञान रहेछ्। यो चित्र मा देखिएको भट्टि पुर्व धन्कुटा,हिलेको सेकुवा पोल्ने भट्टि (oven) हो।

हाम्रो पुर्वी पहाडको खाना कुनै बिकसित खाना संस्कृति भएको देश भन्दा केहि कम छैन ।

केवल अलिकति पस्कने तरिका जस्लाई हामि plating  भन्छौ र अलिकति खानालाई परिमार्जित जस्लाई हामी recipe development भन्छौ मात्र गर्न बाकि छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved