गायन प्रतियोगिताको दाेश्राे अडिसनबाट १५ जना फाईनलमा प्रबेश

  • भदौ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को मंगलबार सम्पन्न दाेश्राे अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन।

 -याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट फाईनलमा प्रबेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन।

यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलका स्मृति बस्नेत, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का स्मृति राई र लोब्युस धमला, देउराली चिल्ड्रेन एकेडेमीका पावल देवान फाईनलमा प्रबेश गरेका छन। 

त्यस्तै नेपाल पुलिस स्कुलका खुशिका दाहाल, बुद्ध आदर्श बोर्डिङका सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जि तामाङ र स्वनिम बि.क., के.के.इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङ्लिस स्कुलका इस्मान बि.क. र पब्लिक मा.बि.फुस्रेका ह्यापियस लिम्बु फाईनलमा प्रबेश गरेका छन।

गत भाद्र -१९ गते भएको पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरु दोश्रो चरणमा प्रबेश गरेका थिए।

Gayan

बिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगिताको फाईनल असोज पहिलो हप्ता हुने प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजर/गायक प्रशान्त शर्मा र सङ्गित प्रशिक्षक बिनायक राई रहेका छन।

प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमश: १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।कार्यक्रममा महेन्द्र क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved