मेघा हिमालयन स्कुलका विद्यार्थीलाई स्वागत 

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुलको कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
 
सोमवार आयोजित कार्यक्रममा कक्षा–११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।
 
धरान–१५ को किरात याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, स्कुलका अध्यक्ष कैलाश लिम्बू, प्रिन्सिपल भाष्कर पौड्याल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठलगायतले खदा र अबिर लगाएर कक्षा–११ का विद्यार्थीहरूलाई स्वागत गरे ।
 
कर्यक्रममा प्रमुख अतिथि न्यौपानेले मेघा हिमालयन स्कुल राम्रो व्यवस्थापनका साथ सञ्चालन भएकाले छोटो समयमा नै प्रगति गर्न सफल भएको बताए । कार्यक्रममा राजेश विद्रोही, जीवन न्यौपाने, प्रभाष राजवंशी, किशोर राई, सूर्य अधिकारीलगायत उपस्थित थिए ।
 
कक्षा ११ र १२ का गरी सात सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य र गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
 
 

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved