हलुवाई धरानमा बाबुलाल साह "देवता संत गणिनाथ बाबा र खेमासती माताको भव्यरुपमा पुजा अनुष्ठान"

  • भदौ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सन्तोष गुप्ता
बराहक्षेत्रहलुवाई सेवा समिती धरान नगर समितिको अध्यक्षमा बाबुलाल साह चयन भएका छन ।
१३ सदस्यीय समितिको उपाध्यक्ष राजेन्द्र साह,सचिव सुनिल साह र कोषाध्यक्षमा भरत साह रहेका छन ।

यस्तै सदस्यहरुमा राम कुमार,योगेन्द्र, श्यामसुन्दर,मनोज,आकाश, कमल र विश्वास साह र जयप्रकाश गुप्ता रहेको अध्यक्ष बाबुलाल साह ले बताए ।
शनिबार धरानको गिता मन्दिर मा सम्पन्न हलुवाई जातीको कुलदेवता श्री १००८ संत गणिनाथ गोबिन्द जी र खेमासती माताको जन्म जयन्ती र कुलपुजाको अवसर गठित समितिको सल्लाहकारमामा निवर्तमान अध्यक्षद्वय गोबर्धन साह र रबिन साह, पुर्व उपाध्यक्ष रमेश साह यसैगरी डाक्टर सन्दिप, बृजनन्दन, बिक्रम र राजेश साह र सन्तोष गुप्ता रहेका छन ।

आयोजित कुलपुजामा समाज सुधारक लोक देवता संत गणिनाथ बाबा र खेमासती माताको भव्यरुपमा पुजा अनुष्ठान गरिएको थियो । धरान सहित चतरा, बिराटनगर, इटहरी र इनरुवा वाट आएका स्वजाती अन्य अतिथिहरुले कुलदेवताको पुजा अर्चना गरि हलुवाई जाती समाज र विश्वको कल्याण र सुख समृद्धि र आपसी भाईचारा र वन्धुत्वको लागि सामुहिक भजन र आराधना गरिएको पुर्व अध्यक्ष जेष्ठ नागरिक गोबर्धन साहले बताए ।

पुजाको समापन पछि गरिएको औपचारिक कार्यक्रममा सहभागी अतिथिहरुले हलुवाईहरुले आफ्नो संस्कार र संस्कृति लाई बचाउदै आधुनिक विश्व संग प्रतिस्पर्धा गर्न खुलेर आगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।कुलपुजामा इटहरी वाट सहभागी कृष्ण साहले पुजा संगै हलुवाई युवायुवती र महिला वर्गलाई खेल, कला संगित राजनिती, समाजसेवा र बिग्यान जस्ता क्षेत्रमा प्रोत्साहन गरिने कार्यक्रम गरिनुपर्ने बताए ।

नेपाल कानु कान्दु मध्यदेशिय समाजका अध्यक्ष बिजय साहले सानोतिनो मतभेद भुलेर सम्पुर्ण हलुवाई एक ढिका भएर बढनुको अर्को विकल्प नभएको बताए । हलुवाई सेवा समिती इनरुवा नगर अध्यक्ष लक्ष्मि साहले धरानमा कुलदेवताको मन्दिर स्थापनामा सहयोग गरिनु पर्ने बताए ।
सेवा समिती को नवनियुक्त बाबुलालले आफ्नो कार्यकालमा जसरी भएपनी गणिनाथ बाबाको मन्दिर बनाईने भन्दै सबैलाई साथ सहयोगको लागि आग्रह गरे ।रविन साहको अध्यक्षता, बिणा साहको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन आंचल साहले गरेको थिईन ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved