प्रत्येक दिन आठ जनाको मृत्यु,४० जना घाइते,जनकपुर बसपार्क निर्माण समयमा सम्पन्न नहुँदा सास्ती

  • भदौ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताएका छन्।

शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो ।

कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदेश सरकार जिम्मेवार रहेको बताउनुहुँदै सडक प्रयोगकर्ताहरुलाई सचेतना अभियान सञ्चालन गर्ने सरकारको तयारी रहेकोमा संगठनको सुझावलाई ग्रहण गर्दै अभियान सञ्चालन गरिने बताए ।
मधेश प्रदेशको पूर्वपश्चिम सडक जोडिएको आठवटै जिल्लामा सरोकारवालाहरु सम्मिलित सडक सुरक्षा सचेतना अभियान सञ्चालन गर्नुपर्ने संगठनले सुझाएको थियो ।

त्यसका लागि सरकारले बजेट विनियोजन गर्न सरकारलाई संगठनले सुझाव प्रस्तुत गरेकोमा मन्त्री यादव सकारात्मक रहेको संगठनका अध्यक्ष भीमज्वालाल राईले बताए।

त्यस्तै निर्माणाधिन जनकपुर बसपार्क समयमै निर्माण सम्पन्न नहुँदा वर्षौदेखि यातायात मजदुरहरुले दुख पाइरहेको समेत संगठनका प्रतिनिधिहरुले मन्त्री यादवलाई दुखेसो पोखेका थिए ।

बसपार्क निर्माणाधिन रहेकाले माटो, धुलो, खाल्डोहरु रहेकाले वर्षाका समय पानी जमेर हिलो भएर र घाम लागेको समय धुलोले बसपार्कमा कामगर्न समस्या रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेश अध्यक्ष अनिरुद्र झाले जानकारी गराउनु भएको थियो ।

भेटमा मन्त्री यादवले चाँडै बसपार्क अनुगमन गरि निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता मन्त्री यादवले जनाएनु भएको थियो ।
मन्त्रीलाई भेट्न संगठनका अध्यक्ष राई सहित लोकतान्त्रिक यातायात व्यवसायी संगठनका मधेश प्रदेश अध्यक्ष रामनरेश सिंह, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मधेश प्रदेश अध्यक्ष अनिरुद्र झा, कोषाध्यक्ष अर्जुन झा, टेंकर इकाई अध्यक्ष जोगी यादव लगायतका नेताहरु थिए ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved