धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो ।
भाद्र शुक्ल तृतीयाकोदिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथैनाचगान गरेर धुमधामसँग तीज मनाउँछन् ।
पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । धरानमा समेत महिलाहरुले ब्रत बसेर तीज पर्व मनाएका छन्
हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् ।
हरितालिकापनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । पार्वतीलेभगवान शिवको आयु लम्ब्याउन व्रत बस्न शुरु गरेको प्रसंगसँग यो पर्व जोडिएको छ ।
विवाह भएकाहरुले श्रीमानको आयु बढोस् भन्ने कामना रअविवाहित महिलाहरुले राम्रो श्रीमान पाउनका लागि बरदान माग्ने उद्देश्यले ब्रत बस्ने प्रचलन छ ।
अघिल्लो दिन माइती चेली भेला भएर दर खाने प्रचलन रहेको तीज पर्वमा भाेलिपल्ट महिलाहरुले पतिको आयु लामो होस् भन्ने कामना सहित निराहरव्रत बस्ने प्रचलन छ ।
धरानमा विशेष गरी धरान १४, विजयपुरमा रहेकोपिण्डेश्वर मन्दिर र धरान १२ को गीता मन्दिरमा तीजको नाँचगानसँगै विविध कार्यक्रम समेत हुने गरेको छ ।
श्रीमानको लागि व्रत बस्ने प्रचलन भए पनि व्रतले आफ्नो स्वास्थ्यलाई समेत सुधार हुने महिलाहरु बताउँछन् ।
विवाहपछि व्रत बस्न शुरु गर्नुभएकी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उमा पौडैले खड्काले व्रत बस्दा श्रीमानको आयु लम्ब्याउने भनिए पनि आफ्नो स्वास्थ्यमा समेत फाइदा पुग्ने बताइन् ।
विशेष गरेर तीज पर्वमा ब्राम्हण क्षेत्री समुदायका महिलाहरु ब्रत बस्ने प्रचलनरहेको छ ।
तर पछिल्लौ समय यो पर्व सबै जातजातिको पर्व बन्दै गएको छ ।
सबै जातिले यो पर्वलाई अंगीकार गर्दै ब्रत बस्न थालेको ब्रतालुसरु श्रेष्ठ र निधि साहले बताएका छन् ।
यता पण्डितहरुले समेत आजको ब्रतलाई विशेष ब्रतको रुपमा लिने गरेको बताउँछन् ।
महिलाहरुले आज बस्ने ब्रतलाई हरितालिका तीजको रुपमा लिनेभएकोले यो पर्वमा महिलाले ब्रत बस्नु उत्तम भएको पण्डितहरु बताउँछन्।
यो पर्वको विषयमा शिवपुराणमा समेत उल्लेख भएको पण्डित बासुदेव पोख्रेल बताए ।
नेपालीहरुको हरेक पर्व मौलिक पर्व हुदाहुदै पनि पछिल्लो समय पर्वहरुमा विकृति, विसंगति भित्रिएकोप्रति भने चिन्ताको विषय बनेको छ ।
चाडपर्वलाईमर्यादित ढंगबाट मनाउन सकेको खण्डमा नेपालको साँस्कृतिक सम्पतिको रुपमा विकास हुने र विदेशी पर्यटकहरुको नेपालको सांस्कृतिक पर्वप्रति चासो बढेर साँस्कृतिक पर्व हेर्नकै लागि भएपनि पर्यटक आउने भएकोलेपर्वलाई मयादित बनाउन समाजका अग्रज बराहक्षेत्रका छत्रबहादुर विष्टको भनाई छ ।
नेपालीहरुको मौलिक तीज पर्वमा छाडा गीतमा नाँच्ने, मादक पदार्थ सेवन गर्ने, एक महिना अगाडिदेखि तीज पर्व मनाउने प्रवृत्ति बढेर गएको छ।
यसलाई नियन्त्रण गर्न अत्यन्तै गार्हो बन्दै गएको छ ।
यसतर्फ कसैकौ ध्यान समेत पुगेको देखिदैन ।