गायन प्रतियोगिताको पहिलो अडिसनबाट ४१ विद्यार्थी छानिए

  • भदौ २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् ।

उनीहरूले दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा धरान उपमहानगरभरिका सामुदायिक र निजी गरी १७ विद्यालयका कक्षा १० सम्मका ५१ जना विद्यार्थी सहभागी भएको आयोजक र्याडिकल लाइट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

विद्यालय तहमा अध्ययनरत् विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणको प्रतियोगिता यही भदौ २५ गते धरान–८ स्थित सहिद स्मृति माविको सभाहलमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका निर्णायकहरूमा म्युजिक कम्पोजर/गायक प्रशान्त शर्मा र सङ्गीत प्रशिक्षक विनायक राई रहेका छन् ।

प्रतियोगिताका विजेता, फस्र्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमशः नगद १० हजार, ५ हजार, ३ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष कार्कीले जनाए ।

र्याडिकल लाइटले बाल दिवसका अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । 

तस्बिरहरू :

 1725509477797 1725509473331

1725509368221

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved