नेपाली कांग्रेस वराहक्षेत्रद्बारा तिज विशेष कार्यक्रम "संगम बिस्ट"

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिले तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली कांग्रेश वराहक्षेत्र नगर कार्यसमितिले मङलवार तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

बाङ्गेबजार स्थित सत्संङ्ग भवनमा आयोजना भएको तिज विशेष कार्यक्रममा नेपाल महिला संघकि पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेश महाधिबेशन प्रतिनिधि अनु गुरुङ्ग प्रमुख अतिथि रहेकी थिईन् ।

नारीहरुलाई सहभागी गराएर सांस्कृतिक तथा मनोरञ्जानात्मक कार्यक्रम आयोजना भएको गरिएको थियो । जस्मा मिउजिकल चियर तथा नृत्य प्रतिगोगिताको आयोजना समेत गरिएको थियो ।

दुबै प्रतियोगितामा प्रथम , दोस्रो तथा तेस्रो हुन सफल महिलाहरुलाई नगद सहित डाइरी पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिका सभापती तथा नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा मनतव्य भाषण उप-सभापती जित बहादुर कार्कीले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेशका महासमिति सदस्य जगद बहादुर कार्की , नेपाली कांग्रेश सुनसरी क्षेत्र ४ प्रदेश सभा १ सभापती उपेन्द्र बहादुर कटुवाल ,

महाधिबेशन प्रतिनिधि पुजा धार्मी , तरुण दल सुनसरीका संस्थापक सभापती जीवन बिष्ट , नेपाली वराहक्षेत्र ३ सभापती पनुलाल धामी , वडा नं ४ सभापती नुतन धामी ,

वडा नं ५ सभापती दिलबहादुर पौडेल , वडा नं ६ सभापती लालबहादुर रोक्का , वडा नं ७ सभापती केशव निरौला , वडा नं १० सभापती तथा वडा अध्यक्ष तेजबहादुर गरुङ्ग , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले ,

वडा नं ७ का अध्यक्ष कपिल आचार्य , वडा नं ८ का अध्यक्ष रोशन खड्का , नेपाल महिला संघ वराहक्षेत्रका सभापती छविना मगर लगायत वराहक्षेत्र कांग्रेशका नेताहरुको उपस्तिथि रहेको थियो ।

नेपाल महिला संघ वराहक्षेत्रको समन्वयमा आयोजना भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेश वराहक्षेत्र नगर कार्य समितिका सचिव प्रतीक राईले गरेका थिए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved