दुई बालिका मृत भेटिएको घटना: आमा अझै बेपत्ता, फोन ‘स्वीच अफ’

  • भदौ १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर सामाजिक संजालबाट

मोरङ/ मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ ।

बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, अस्मिताले बोक्ने गरेको मोबाइल ‘स्वीच अफ’ भएकाले ‘ट्रयाकिङ’ गर्न समेत कठिनाइ भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ स्थित केरा बगानभित्र शनिबार दुई बालिका मृत फेला परेका थिए ।

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भई सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीका छोरीहरू मृत भेटिएका हुन् । एक वर्षीया आयिका कार्कीलाई उनकी दिदी तीन वर्षीया अर्पणाले अँगालो हालेको अवस्थामा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

कार्की परिवार स्थानीय मालती टोलका दिदी सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएको थियो ।

उनीहरूले नजिकै नयाँ घर बनाउँदै थिए । घरमा पानी हाल्ने विषयमा श्रीमतीसँग सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
शनिबार साँझ अस्मिता दुई छोरीलाई लिएर घरबाट हिँडेकी थिइन् ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरिए जस्तो देखिएको प्रहरीले जनाएको छ । शव नजिकै विषादीको बट्टा समेत फेला परेको छ । इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले, ‘घटनालाई गहन र सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ ।’

दुई बालिकाको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved