कुशे औंसीमा जेष्ठ नागरिकले लौरी पाएपछि.. (भिडियो सहित) " बुढेसकालको साहारा जन प्रतिनिधी बन्दै,खुशीले गदगद"

  • भदौ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  लौरो अनि दोसाल्लाले सम्मानित भएपछि जेष्ठ नागरिकको मुहारमा बेग्लै खुशी र उमंग छाएको देखिन्यो।

भरिभराउ जेष्ठ नागरिकहरुको उपस्थित,भीँडभाँड उस्तै ,चर्को गर्मी तर सवैलाई भ्याई नभ्याई देखिन्थयो ।

कोही सम्मािनित हुदै, थिए जस्तैे कोही पालो पर्खेर प्रतिक्षामा थिए। तर पनि जेष्ठ नागरिकहरुलाई सास्ती थिएन। सबैलाई कुर्सी सहित बसालिएको थियो। अनि अग्रज र वडाका जनप्रतिनिधीहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उनीहरुको मुहारमा खुशी छर्दै थिए।

शनिबार धरान उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालयमा देखिएको दृष्य हो।

वडाको सबै जेष्ठ नागरिकहरु जम्मा भएका थिए। सबैजना गरि झण्डै एकसयभन्दा बढीको सहभागिता थियो।

६ नम्बर वडा समिति धरानले कुसे औंसी अर्थात बावुको मुख हर्नेदिनको अवसरमा जेष्ठ नागरिकहरुको भेला,सम्मान तथा शुभकामना आदान प्रदान कर्यक्रम आयोजना गरेको हो। कार्यक्रममा धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा भएको हो।

वडा समितीले निरन्तर रुपमा जेष्ठ नागरिकलाई यसरी विगत तीन बर्षदेखि सम्मान गर्दै लौरो र दोसल्ला प्रदान गर्दै आएकाे वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताए।

भिडियो:

उनले भने हामी वडामा जनप्रतिनिधी भएर आएपछि जेष्ठ नागरिकलाई सम्मान सहित खुशी प्रदान गर्दै आएका होै,यस्ले आमाबुवा प्रति सम्मान वडाले गरेको हो।

नेपाल रे्डक्रस सोसाइटीका रक्तसन्चारकेन्द्र वीपी अस्पताल धरानका संयोजक वासुदेव गौतमले वडा नम्बर ६ मा जेष्ठ नागरिकहरुको छुट्टै आधिकारिक रुपमा संस् था दर्ता पनि भएको र वार्षिक रुपमा कार्यक्रमहरु समेत हुदै आएकाले वडा आफैंले गरेको यस्तो सम्मान प्रति धन्यवाद दिए।

कार्यक्रममा सम्मानका साथै जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित विदाई गरिएको थियो।

जेष्ठ नागरिकले यसरी वर्षेनी आमन्त्रण गरेर सम्मान गर्दा उनीहरुले जनप्रतिनिधीलाई आर्शीवाद र धन्यवाद दिए।

तस्बिरहरु:

ra

nb panbar bbb panb bb panbaris ppqa pan pp pa ppp pppp p

 

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved