एक महिनामा तीन पटक सम्मान,हुने सन्चारकर्मी को हुन् ? "अन्तर्राष्ट्रिय म्युजिक अवार्डद्धारा पनि सम्मानित ,एक दिन दुई पकट सम्मान"

  • भदौ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एक महिनाको अवधीमा अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई तीन पटक सम्मान गरिएको छ ।

 शनिबार मात्रै काठमाण्डौमा एकैदिन दुई पटक सम्मानित भए । साप फल्चा बबरमहल काठमाडौंले आयोजना गरेको कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा गरी एकै दिन दुई पटक सम्मानित भएका हुन ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पुर्‍याए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पत्रकार बजगाईलाई अध्यक्ष पाण्डे, प्रमुख सल्लाहकार डा.चुडादेव सिं लामा, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक भिम ढकाललगायतले दोसल्ला र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

सम्मान–पत्रमा–विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पुर्‍याउनु भएको योगदान अतुलनिय छ । आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ ।

साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पुर्‍याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ ।

पत्रकारिता मार्फत खेलको क्षेत्रको विकासमा यहाँले गर्नुभएको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा यो सम्मान अर्पण गर्दछौ ।

साथै यहाँको उज्वल भविष्यको कामना सहित आगामी दिनमा पनि सामाजिक कार्य निरन्तरताको कामना गर्दछौं ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाई पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका छन ।

सोहि दिन नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज बिशेष कार्यक्रममा पनि पत्रकार नवराज बजगाईलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकारीता र समाज सेवाको माध्यमबाट बजगाईले समाज रुपान्तरणमा पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोख्रेलले जानकारी दिनु भयो ।

यहि भदौ १ गते थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक भएको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा समेत बजगाईलाई सम्मान गरिएको थियो ।

यसअघि पनि बिभिन्न संघ संस्थाबाट धेरै पटक सम्मानित भै सकेका पत्रकार बजगाईको स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स–७, हाल मण्डनदेउपुर–४, रहेको छ । उनी सामाजिक कार्यमा पनि निक्कै सक्रिय रहेका छन ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved