धरानमा महिला उद्यमी मेला शुरु,पूर्व अध्यक्षलाई सम्मान

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन ।

उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् ।

उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादनलाई जोड दिन सकेको खण्डमा महिलाहरुले सञ्चालन गरेका उद्यमीहरु ऋझ फस्टाउँदै जानै बताइन् ।

उनले भनिन्–‘उत्पादन गरेका बस्तुहरुलाई बजारीकरण गर्न सकिएन भने बजारको व्यवस्था गर्न सकिएन भने लगानी डुब्ने खतरा बढ्ने भएकालै यसतर्फपनि सोच्ने बेला आएको छ, नीजि क्षेत्र र सरकार मिले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।’

यो मेला संंघको ६१ औ स्थापनाका अवसरमा महिलालाई मात्र लक्षित गरी उनीहरुले उत्पादन गरेको सामाग्रीको प्रवद्र्धन गर्नकै लागि मेलाको आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेठले बताए ।

उनले धरानमा व्यवसायिक चहलपहल घट्दै गएको अवस्थामा चहलपहल बढाउन र महिलाहरुले उत्पादन गरेका सामाग्री सबैले अवलोकन खरिद विक्री गर्न सकून भन्ने उद्देश्यले महिला उद्यमी प्रदर्शनी मेला आयोजना गरिएको बताए । स्थानिय उत्पादनका बिभिन्न ४१ वटा स्टलहरु राखिएका छन ।

प्रदर्शनि मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनीमा राखिएको संघका मेला आयोजक समितिकी संयोजक बर्षा अग्रवालले बताइन् ।
कार्यक्रममा सुनसरीका प्रजिअ रामचन्द्र तिवारी, कोशी प्रदेशका सांसद रमेश बस्नेत, जसपा नेपाल धरान नगर अध्यक्ष ताजुव लिम्बु तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी व्यवसायीहरुले यस्ता खालका मेलाको आयोजना समयमा हुनुपर्ने बताएका थिए । सो अवसरमा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ र राजेन्द्र साहलाई सम्मान समैत गरिएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघकै प्रांगरणमा शुरुभएको मेला मेलाअवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । यस्तै, करिब १० हजारले प्रदर्शनि मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मेलामा विजयपुर अस्पताललै निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved