दुहबीको इतिहास र रथ यात्राको सम्बन्ध

  • भदौ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार (दुहबी सुनसरी)

सुनसरीको दुहबीमा हरेक बर्ष श्रीराधा कृष्ण रथयात्रा निकालिन्छ ।
यहाँको यात्रामा हजारौ हजारको सहभागिता हुन्छ ।

मोरङ्ग र सुनसरीको गाउँ गाउँबाट आएका भक्तजन यो रथयात्रामा सहभागी हुने गरेका छन् ।

२०४१ साल देखि निरन्तर यो यात्रा सुरू भएको हो । मन्दिर व्यवस्थापन र दुहबीबासीको अग्रसरतामा निस्किएको यो रथयात्राले चालीस वर्ष पूरा गरेको छ ।

पछिल्लो केहि बर्ष यता रथयात्रामा सहभागिता निरन्तर बढिरेहको छ ।दुहबी नगरपालिका वडा न।६का अध्यक्ष घनश्याम हलुवाईलेका दुहबीको रथयात्रा पर्वकै रूपमा मनाउने गरेका बताए रिक्सामा राखेर २०/२५ जनाले निकालेको यो यात्राले रथकै रूपधारण गर्नु दुहबी बासीको सहभागिता र सक्रियतानै हो । दुहबीका समाजसेवी हरिकिशुन डाँगाको भनाइ अनुसार यो यात्राको सुरूवात स्थानिय मोतीलाल अग्रवाल, ब्रहमदेव भगत, दानालाल गोश्वामी, हरिप्रसाद हलुवाई, टेकचन्द्र अग्रवाल, पुरनमल अग्रवाल, जगदिस अग्रवाल, श्याम अग्रवाल र स्व।गुलाबचन्द्र हलुवाई लगायतको सक्रिय योगदान छन् ।

एक हजार पाँच सय रूपैया खर्च द्वारा रथयात्राको सुरूवात भएको हो ।दुहबी नगरपालिकाको पूरानो नाम कृष्णनगर हो । भगवान कृष्णको नाममा यो बजारको नामाकरण गरिएको हो । बजार क्षेत्रमा बि।स। २००९ सालमा एउटा ठूलो आगलागी भएको थियो ।

जुन आगो पूर्व क्षेत्र हुँदै चारैतर्फ फैलिएको थियो । तर आसपासका कुनै पनि मन्दिर दुर्गा मन्दिर र कृष्ण मन्दिरमा कुनै नोक्सान भएको थिएनन् ।

वि स २०११ सालमा तत्कालिन बडा हाकिम भूपालमान सिंह, मातृका प्रसाद कोइराला, तोलाराम दुगड लगायत बिराटनगर बासीको अगुवाईमा तथा दुहबी निवासी केदार राम रौनियार तथा लखन राम अग्रहरीको सहयोगमा दुहबी बजारलाई नयाँ स्तरूपमा परिवर्तन गरी पूरानो विकदन्ती अनुसार दुवि, सुवि दुई दिदी, बहिनीको नामबाट नयाँ दुहबीको नाम नामाकरण गरिएको हो ।

पौराणिक कितंदन्ती अध्ययन पश्चात आधुनिक दुहबी बजारको वर्तमान अवस्थामा नेपालको पूर्वका औद्योगिक नगरिका रूपमा नेपाल अधिराज्यभरी चिनिएको ठाउँ हो ।

यस बजार सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, राजनैतिकको बेग्लो महत्व छ ।
दुहबीमा रहेको कृष्ण मन्दिरको महत्वलाई चिनाउन हरेक बर्ष रथयात्रा निकालिने गरिएको छ । सो यात्रामा केटाकेटी देखि बृद्धा सम्म उत्साह पूर्वक सहभागि हुन्छन् ।

यो यात्राको दुरी समेत हरेक बर्ष बढ्दै गएको छ । पुरै दुहबी बजारलाई परिक्रमा गराउने प्रयास पनि स्थानियले गरिरहेका हुन्छन् । यो यात्रालाई सफल बनाउन दुहबी बासी बाहेक उद्योगी, व्यापारी, विभिन्न संघ संस्था, सुरक्षा निकाय र हरेक पेसा र समुदायका एक भएर अघि बढेका हुन् ।

यस पाली भदौ ११ गते मङलबार निस्कने रथयात्रालाई सफल बनाउन मूल समिति बनाएका छन् । यो समितिमा विभिन्न उप समितिले कार्य गरेका राधाकृष्ण पुजा तथा मेला महोत्सव समितिका उपाध्यक्ष चन्दन बैठाले बताएका छन् ।

यस्तै प्रकारका धार्मिक मेलाहरूले दुहबीलाई विस्तारै विकासको तर्फ लगिरहेका छन् ।दुहबी बजार २०१७ साल पछि मोरङ्गबाट छुटिएको हो ।


चन्दन रौनियार (दुहबी सुनसरी)

1724485467430 (1)

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved